लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

विश्वका सबैभन्दा ठुला टिकटक स्टार खाबी लेमले १ खर्ब ३२ करोडमा बेचे आफ्नो कम्पनीको शेयर

काठमाडौँ । टिकटकमा विश्वकै सबैभन्दा धेरै फलोअर्स भएका सेनेगलमा जन्मिएका स्टार खाबे लेम (Khaby Lame) ले ९० करोड अमेरिकी डलर (१ खर्ब ३२ करोड रुपैयाँभन्दा बढी) को ऐतिहासिक व्यापारिक सम्झौता गरेका छन् । यो डिजिटल क्रिएटरको क्षेत्रमा अहिलेसम्मकै ठुलो मनिटाइजेसन मध्ये एक मानिएको छ ।

बिजनेस इन्साइडरका अनुसार खाबे लेमले अमेरिकामा सूचीकृत कम्पनी रिच स्पार्कल होल्डिङ्ससँग ९०० मिलियन (९० करोड) डलरको अधिग्रहण र रणनीतिक साझेदारी सम्झौता गरेका हुन् । यस सम्झौता अन्तर्गत उनले आफ्नो कम्पनी स्टेप डिस्टिंक्टिभ लिमिटेडको आंशिक हिस्सा बिक्री गरेका छन् ।

यो सम्झौताको सबैभन्दा महत्वपूर्ण पक्ष के छ भने खाबे लेम अब रिच स्पार्कल होल्डिङ्सको नियन्त्रक शेयरधनी (controlling shareholder) बनेका छन् । यसले उनलाई केवल एक क्रियटर साझेदार मात्र नभई आफ्नो ब्रान्डको वरिपरि निर्माण गरिएको व्यावसायिक पूर्वाधारको मालिकको रूपमा स्थापित गरेको छ ।

सम्झौता अनुसार रिच स्पार्कलले आगामी ३६ महिनाका लागि लेमको ब्रान्डसँग सम्बन्धित विश्वव्यापी विशेष व्यावसायिक अधिकारहरू प्राप्त गर्नेछ । यस अन्तर्गत ब्रान्ड साझेदारी र एन्डोर्समेन्ट, लाइसेन्सिङ तथा ई-कमर्स उद्यम, सौन्दर्य सामग्री, सुगन्ध र पोसाक क्षेत्रमा प्रिमियम ब्रान्ड सहकार्य रहेका छन् ।

कम्पनीले यो संरचना पूर्ण रूपमा लागु भएपछि वार्षिक ४ अर्ब डलर सम्मको बिक्री हुन सक्ने अनुमान गरेको छ । यो रणनीति सुरुमा संयुक्त राज्य अमेरिका, मध्य पूर्व र दक्षिण पूर्वी एसियामा केन्द्रित हुनेछ । जसका लागि चीनको अनहुई सिओहेयाङ नेटवर्क टेक्नोलोजीसँग सहकार्य गरिनेछ ।

यस सम्झौताले प्रविधिको प्रयोगमा पनि नयाँ फड्को मारेको छ । अब लेमको एआई-पावर्ड ‘डिजिटल ट्विन’ विकास गरिनेछ । यसले उनको अनुहारको हाउभाउ, आवाज र व्यवहारको ढाँचा प्रयोग गरी बहुभाषिक सामग्री उत्पादन गर्न, भर्चुअल लाइभस्ट्रिमहरू सञ्चालन गर्न र २४ सै घण्टा दर्शकहरूसँग जोडिन मद्दत गर्नेछ ।

खाबे लेम बिना आवाजका, सरल र व्यङ्ग्यात्मक भिडिओका कारण विश्वभर चर्चित भएका हुन् । जसले भाषिक अवरोधहरूलाई तोडेको छ । हाल विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा उनका कूल ३६ करोड (३६० मिलियन) फलोअर रहेका छन् ।


प्रकाशित : २०८२ माघ १२, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप