लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

लिपुलेक, कालापानी सीमा विवादबारे के छ नेकपाको घोषणापत्रमा ?

काठमाडौँ । २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज मंगलबार आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

‘स्वतन्त्र नेपाल, सन्तुलित कूटनीति’ मूल नारासहित सार्वजनिक गरिएको यस पत्रमा नेकपाले विशेष गरी लिम्पियाधुरा, लिपुलेक र कालापानी जस्ता सीमा विवादहरूलाई कूटनीतिक वार्ता र अन्तर्राष्ट्रिय कानुनका आधारमा समाधान गर्ने प्रतिबद्धता जनाएको छ ।

पार्टीले नेपालको राष्ट्रिय हित, सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई सर्वोच्च प्राथमिकता दिँदै असंलग्न परराष्ट्र नीतिलाई थप सुदृढ गर्ने घोषणा गरेको छ ।

छिमेकी देशहरूसँगको सम्बन्धलाई विशेष महत्त्व दिँदै परस्पर सम्मान, विश्वास र लाभमा आधारित सन्तुलित सम्बन्ध विकास गर्ने आफ्नो नीति रहेको नेकपाले जनाएको छ ।

प्रतिबद्धता पत्रमा सीमा व्यवस्थापन र नियमनलाई आधुनिक तथा प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ । यसका अतिरिक्त, संयुक्त राष्ट्रसंघ, सार्क, बिमस्टेकलगायत बहुपक्षीय मञ्चहरूमा नेपालको सक्रिय र सशक्त उपस्थिति कायम राख्ने कुरा पनि उल्लेख छ ।

नेकपाले असमान सन्धि–सम्झौताहरूको पुनरवलोकन गरी परस्पर लाभमा आधारित नयाँ सम्झौताहरू गर्ने बाचा गरेको छ । आर्थिक कूटनीतिलाई प्राथमिकता दिँदै वैदेशिक लगानी, निर्यात प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन र रोजगारीका अवसर बढाउने लक्ष्य नेकपाले राखेको छ ।

जलवायु परिवर्तन, हिमालय संरक्षण, पर्वतीय मुद्दा र भू–घेरिएको राष्ट्रका साझा हितमा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको आवाज सशक्त बनाउने र गैरआवासीय नेपालीहरूको सीप, पुँजी, अनुभव र विशेषज्ञतालाई नेपालको विकासमा उपयोग गर्ने नीति तथा संरचना निर्माण गर्ने प्रतिबद्धता पनि नेकपाले जनाएको छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको हकहित, सुरक्षा र सामाजिक सुरक्षाको अन्तर्राष्ट्रिय समन्वय गर्ने तथा अनुमोदित सबै अन्तर्राष्ट्रिय मानव अधिकार सन्धि तथा महासन्धिहरूको पूर्ण कार्यान्वयन गर्ने विषयहरूलाई पनि प्रतिबद्धता पत्रमा समेटिएको छ ।


प्रकाशित : २०८२ माघ २७, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप