लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

देशमा मात्र होइन, अब विदेशमा बस्ने नेपालीले समेत क्रिप्टोकरेन्सी कारोबार गर्न नपाउने

काठमाडौं । केन्द्रिय बैंकले आइतबार एक सूचना जारी गर्दै भर्चुअल मुद्रा तथा क्रिप्टोकरेन्सी र नेटवर्किङ मार्केटिङ अन्तर्गतका कारोबार तथा व्यवसायमा संलग्न नहुन सचेत गराएको छ । राष्ट्र बैंकका अनुसार नेपालभित्र बस्ने नेपाली र विदेशी नागरिकले मात्र होइन, विदेशमा बस्ने नेपालीहरूले समेत यस्तो कारोबार गर्न पाउने छैनन् ।

‘त्यस्तो कार्य गरे गराएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।

हालका दिनहरूमा छोटो अवधिमा उच्च प्रतिफल दिने प्रलोभन देखाई भर्चुअल करेन्सीहरूको कारोबार तथा त्यस्ता भर्चुअल एवम् क्रिप्टोकरेन्सीहरूसँग सम्बन्धित हाइपर फन्ड जस्ता कोषमा लगानी गर्न र जोसियल, क्राउड वान, सोलेम्याक्स ग्लोबल जस्ता पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङमा आवद्ध हुन प्रोत्साहित गर्ने गराउने कार्य गरेको जानकारी प्राप्त भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।

‘सो सम्बन्धमा यस राष्ट्र बैंकको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा अगाडि भनिएको छ, ‘नेपालमा विदेशी विनिमय वा मुद्राको रुपमा भर्चुअल करेन्सी वा क्रिप्टोकरेन्सीले कानुनी मान्यता नपाएको सन्दर्भमा उपर्युक्त बमोजिमका गैरकानूनी वित्तीय औजारमा आवद्ध भइ कारोबार गर्दा सर्वसाधारण ठगिने, वैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पूँजी पलायन हुन जान्छ,’ राष्ट्र बैंकको सूचनामा भनिएको छ ।


प्रकाशित : २०७८ माघ १०, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप