लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एमसीसीकै कारण सरकारबाट बाहिरिनुपर्ने अवस्था आयो : माधव नेपाल

धनगढी। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) नेपालका अध्यक्ष माधव कुमार नेपालले सरकारबाट बाहिरिनुपर्ने अवस्था आएको बताएका छन्।

पार्टीको प्रदेश कार्यालयमा आयोजित अखिल नेपाल महिला संघ समाजवादीको प्रथम भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमसीसी पास गर्नेगरी सत्तामा बस्न नसकिने बताएका हुन्।

अध्यक्ष नेपालले एमसीसीका कारण गठबन्धनमा समस्या उत्पन्न भएको र यो गठबन्धन नरहन सक्ने बताएका छन्। एमसीसी नेपालको हितमा नभएकाले आफ्नो पार्टी केही बुँदा सच्याउनुपर्ने पक्षमा रहेको नेपालले बताए।

तर पनि कुनै बुँदा नसच्याएरै संसदमा टेबुल भएपछि एमसीसीको विपक्षमा आफ्नो पार्टी रहेको उनले बताए। नेपाल कुनै विदेशी हस्तक्षेप सहन नसक्ने र नेपालले एमसीसीको विपक्षमै रहेको बताए।

नेपालले एमाले अध्यक्ष केपी ओलीले नै विभिन्न स्वार्थका लागी एमसीसी संसदमा पेस गरेको आरोप लगाए। एमसीसीलाई सम्झौता र संसदमा लैजाने काम केपी ओली नेतृत्वको सरकारले नै गरेका कारण उनीहरूले देशलाई संकटमा लैजाने काम गरेको नेपालको भनाइ छ।

देशभक्तिका नारा लाउँदै केपी ओली नै राष्ट्रघाती काममा सहभागी भएको र अहिले पनि एमसीसी पास गराउनमा अघि बढेको उनले बताए।


प्रकाशित : २०७८ फाल्गुन १२, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप