लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बेलका नगरपालिका स्थित विद्यालय गएकी १५ वर्षिया कविता सुनुवारको विभत्स हत्या

उदयपुर। उदयपुर जिल्लाको बेलका नगरपालिका वडा नं ३, वुद्धचौक निवासी कक्षा १० मा अध्यनरत १५ वर्षिय कविता सुनुवारको विभत्स हत्या भएको छ। १५ वर्षिया सुनुवारको मङ्गलबार (आज) बिहान ट्युसन पढ्न विद्यालय जानेक्रममा बाटोमा हत्या भएको हो।

ट्युसन पढ्न विद्यालय गएकी छात्रा सुनुवारको सव बेलका नगरपालिका वडा नं. ३ यसोदा खेलामा हत्या भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको हो। प्रहरीका अनुसार हत्या किन र कसले गर्‍यो भन्ने खुलेको छैन।

कविता सुनुवार बेलका नगरपालिका वडा नं. ३ स्थित कोशी जनता माध्यामिक विद्यालय रामपुरमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्। छात्राको हत्या भएको खबर पछि विद्यालयले प्रेस विज्ञप्ति जारी गर्दै विद्यालय आउने क्रममा बाटोमा भएको क्रुर र हिंस्रक घटनाको घोर भ्रर्त्सना गरेको छ।

प्रेस विज्ञप्तिमा विद्यालयले बेलका नगरपालिकाको सुरक्षा संवेदनशिलतामा प्रश्न उठेको र यस्ताको घटनाको निश्पक्ष छानविन गरी यथासिघ्र अपराधि पत्ता लगाई कडाभन्दा कडा कारबाहीको माग गरेको छ। विद्यालयमा अध्ययन गर्न आउने बालिकाहरूको जीउज्यानको भरपर्दो सुरक्षा प्रबन्ध गर्न सरोकारवालाहरूसँग माग गरेको छ।


प्रकाशित : २०७८ चैत्र २३, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप