सुर्खेत । लोपोन्मुख तथा अतिसिमान्तकृत राजी समुदायको कला, संस्कृती, भेषभुषा तथा भाषा सम्बन्धी ३ दिने अभिमुखिकरण सुर्खेतको भेरीगंगा नगरपालिकास्थित छिन्चुमा शुरु भएको छ ।
हराउदै जान थालेको भाषा, कला, संस्कृतीलाइ बचाइ राख्नका लागि भन्दै कर्णाली, लुम्विनी र सुदुरपश्चिम प्रदेशका राजी समुदायका अगुवा तथा प्रतिनिधीहरुको सहभागीता रहेको छ ।
कार्यक्रमको उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर वि.सी.ले कर्णालीमा बसोवास गर्ने लोपोन्मुख तथा अतिसिमान्तकृत राजी समुदाय लगायत बोटे, कुसुण्डा, राउटे, माझि र दलित समुदाय अन्तरगत बादी समुदायको उथ्थानका लागि कर्णाली प्रदेश लागि परेको बताउनुभयो । यी समुदायहरु हरेक समस्याबाट पछाडि परेको भन्दै राज्यले विशेष ध्यान दिने पनि मन्त्री वि.सी.ले प्रतिवद्धता जनाउनुभयो ।
पानसमा दिप प्रज्वलनका साथै राजी समुदायले माछा मार्न प्रयोग गर्ने जाल हानेर कार्यक्रमको उद्घाटन गर्दै मन्त्री वि.सी.ले राजी समुदायसंग नजीक रहेर हासखेलका साथै काम गरेको स्मरण गर्दै राजी समुदायले मात्र होइन सबै आदिवासी जनजातीहरुले आआफ्नो परम्परा, भेषभुषा तथा भाषालाइ जोगाइ राख्न आग्रह गर्नुभयो ।
राजी लगायत आदिवासी जनजातीका भाषा कला संस्कृतीले कर्णालीलाइ मात्र होइन देशलाइ नै चिनाउने बताउदै मन्त्री वि.सी.ले स्थानिय निकाय देखि प्रदेश तथा संघिय सरकारले पनि यी समुदायको उथ्थानका लागि विशेष जोड दिनुपर्नेमा जोड दिनुभयो ।
साथै भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्य ढकालले राजी समुदायको अवस्थाको मुल्याङ्कन गरी समस्या पहिचान गरि कार्य गर्न नगरपालिका लागि रहेको बताउनुभयो ।
यसैगरि नेपाली काँग्रेस भेरीगंगा नगर सभापती रामबहादुर सिहले राजी समुदाय पछाडि परेकाले पनि यस समुदायको आर्थिक, राजनितिक, तथा शैक्षिक वातावरणलाइ सहज बनाउन स्थानिय, प्रदेश र केन्द्र सरकार तदारुकता साथ लागि पर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा पारीजात सिकाइ अध्ययन केन्द्रका अध्यक्ष यज्ञप्रसाद ढकालले पारिजातले पनि लोपोन्मुख तथा अतिसिमान्तकृत राजी समुदायको कला, सस्कृती, भेषभुषा तथा भाषालाइ सरक्षण गर्न लागि परेकोे बताउदै आगामी दिनहरुमा पनि सहयोग गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।
यस्तै कार्यक्रममा राजी अगुवा तथा नेपाल आदिवासी जनजाती महासंघ सुर्खेतका कार्यवहाक अध्यक्ष अशोक राजीले लोपोन्मुख तथा अतिसिमान्तकृत राजी समुदायका शैक्षिक, राजनैतिक गतिविधिलाइ उजागर गर्न सबै लागी रहन आग्रह गर्नुभयो ।
साथै राजी महिला समाजका केन्द्रिय अध्यक्ष बासमति राजीले राजी समुदाय संगै राजी महिलाहरु झन हरेक गतिविधीले सक्षम हुन नसकेको भन्दै विभिन्न महिला अधिकार सम्बन्धी काम गर्ने संघ सस्थाहरु भएपनि राजी महिलाहरुको समस्या प्रति चासो नदिएको प्रति चिन्ता व्यक्त गर्नुभयो ।
आदिवासी जनजाती अन्तरगत पर्ने नेपाल कै लोपोन्मुख तथा अति सिमान्तकृत जाती राजी समुदायको कला, भाषा, सस्कृती, भेषभुषा, संरक्षण, प्रर्बद्धनका साथै प्रादेशिक स्तरिय ३ दिने तालिम तथा सम्मेलनमा भेरीगंगा नगर पालिका वडा नं १२ का वडा अध्यक्ष हरिप्रसाद कडेल, नेकपा एमाले भेरीगंगा नगर प्रमुख लालमणि पौडेल, एकिकृत माओवादी भेरीगंगा नगरका देवबहादुर चलाउने, नेकपा समाजवादीका लिलबहादुर वि.क., राष्ट्रिय जनमोर्चाका धनप्रसाद देवकोटा, राजी शाल्म समाज बर्दियाका अध्यक्ष दिपेन्द्र राजी, कैलालीका मिनबहादुर राजी, कञ्चनपुरका सावित्रा राजी, साना किसान कृर्षि सहकारीका अध्यक्ष ज्ञानु भुषाल, भेरीगंगा उद्योग बाणिज्य संघका अध्यक्ष सोमप्रसाद ढकाल, राप्रपाका तिलकराज वली, छिन्चु महिला साना किसानका यामुना शर्मा, भेरीगंगा स्पोर्ट क्लबका अध्यक्ष्य मनोज राना लगायतले राजी समुदाय प्रति राज्यले देखायको लाचारीपन प्रति चिन्ता व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रम देउती राजी समुह भेरीगंगाका अध्यक्ष मानबहादुर राजीको अध्यक्षतामा भएको थियो । साथै प्रादेशिक स्तरिय भेला तथा सम्मेलनले राजी महिला समाज केन्द्रिय समिती पनि गठन गरेको छ ।
गत बर्ष मात्र बासमती राजीको अध्यक्षतामा तदर्थ समिती गठन गरी पुर्णता दिन विभिन्न आर्थिक तथा जनशक्तीका कारण नसकेको समितीले बासमती राजीकै अध्यक्षतामा ९ सदस्यीय केन्द्रिय कार्यसमिती चयन गरेको छ ।
उपाध्यक्षमा पुष्पा रावत राजी, महासचिवमा मानकुमारी राजी, सहसचिवमा सावित्रा राजी, कोषाध्यक्ष विन्दु राजी, सदस्यहरुमा पवित्रा राजी, शर्मिला राजी, कुमारी राजी र सरिता राजी रहनुभएको छ ।
३ दिनसम्म सञ्चालन हुने तालिम तथा सम्मेलनमा राजी अगुवा बुद्धिजीवी तथा पुजारी गंगबहादुर राजी, रेशमबहादुर राजीले भाषा, कला, संस्कृती र भेषभुषा सम्बन्धी तालिम दिनुभएको छ भने राजी समुदायमा भएका विभिन्न तनावलाइ कम गर्न मनोपरामर्श दाता शर्मिला वि.सी.ले सहजीकरण गर्नुभएको छ ।
कर्णालीका चौकुने गाउँ पालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँ पालिका, वीरेन्द्रनगर नगरपालिका, भेरीगंगा नगरपालिका, लेकवेशी नगरपालिका, गुर्वाकोट नगरपालिका लगायत लुम्वीनी प्रदेशको बाँके, बर्दिया र सुदुरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरका राजी समुदायको अगुवा प्रतिनिधीहरु सहभागी भएका छन ।


समाचार


