लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बलिउड अभिनेता सलमान खान र उनका बुबा सलिम खानलाई ज्यान मार्ने धम्की

बलिउड अभिनेता सलमान खान र उनका बुबा सलिम खानलाई ज्यान मार्ने धम्की आएको छ।

भारतीय सञ्चार माध्यम जीन्यूजका अनुसार आइतबार एक पत्रमार्फत उनीहरूलाई ज्यान मार्ने धम्की आएको हो।

उनीहरूलाई ज्यान मार्ने धम्की आएपछि बान्द्रा पुुलिसले अज्ञात व्यक्तिविरुद्ध एफआइआर दर्ता गरेको छ। हाल पत्र राखिएको ठाउँबाट छानबिन प्रक्रिया सुरू गरिएको छ।

सलमानका बुबा सलिम खान हरेक बिहान मर्निङ वाक जान्छन्। उनी मर्निङ वाकबाट फर्किएपछि सधैं बान्द्राको ब्यान्डस्ट्यान्ड प्रोमेनाडमा आराम गर्छन्। त्यही ठाउँमा उक्त पत्र राखिएको थियो।

उक्त पत्रमा ‘मुसेवालाको जस्तै हालत गरिदिन्छु’ लेखिएको थियो। सिद्धु मुसेवालाको केही दिन अगाडि गोली हानेर हत्या गरिएको थियो। उनी पञ्जाबका गायक तथा नेता थिए।

सलमान दुबईमा भएको आइफा अवार्ड समारोहबाट आइतबार मात्रै भारत फर्किएका छन्।


प्रकाशित : २०७९ जेष्ठ २४, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप