लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भारतमा मम: खाएर एक व्यक्तिको मृत्यु भएको घटना बाहिरिएको छ ।  नयाँ दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) का फोरेन्सिक विशेषज्ञहरूले पोस्टमार्टम परीक्षण पछि देशमा पहिलो पटक यस्तो घटना भएको बताए ।

दक्षिण दिल्लीको एक रेस्टुरेन्टमा एक ५० वर्षीय पुरुषले मम: खाइरहेका थिए। अचानक भुईँमा लडेर उनको मृत्यु भयो।  पोस्टमार्टमा उनको घाँटीमा मम: अड्किएको भेटियो। पेटमा रक्सी पनि थियो ।  मम: खाँदा उनी मातेको हुन सक्ने सम्भावना छ । फरेन्सिक विभागका प्रमुख डा सुधीर गुप्ताले यो घटना निकै दुर्लभ भएकोले यसबाट पाठ लिनुपर्ने बताए ।

डा अभिषेक यादवले पोस्टमार्टममा मृतकको वायु नलीको शुरुमा मम: भेटिएको बताएका छन् । खाना खाने क्रममा श्वास नली अवरुद्ध भएर अप्रत्याशित मृत्यु भएको यो पहिलो घटना भने  होइन । विश्वमा १२.२ मिलियन मध्ये एक जनाको मृत्यु खानाको समयमा श्वासप्रश्वासमा अवरोधका कारण हुने गरेको छ ।


प्रकाशित : २०७९ असार १, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप