लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सरकारले गोदावरी-फूल्चोकीलाई घोषणा गर्‍यो वन संरक्षण क्षेत्र

काठमाडौं, ३ असार

सरकारले गोदावरी-फूल्चोकीलाई वन संरक्षण क्षेत्र घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरेर ललितपुर र काभ्रेमा पर्ने वन क्षेत्रलाई संरक्षण क्षेत्र घोषणा गरेको हो ।

वन ऐन ०७६ को दफा १५ को उपदफा (१)ले दिएको अधिकार प्रयोग गरी ललितपुर र काभ्रेपलान्चोक जिल्लामा पर्ने वनलाई गोदावरी–फूल्चोकी वन संरक्षण क्षेत्र घोषणा गरिएको हो ।

३ वैशाख ०७२ मा सर्वाेच्च अदालतले गोदावरी–फूल्चोकी क्षेत्रलाई प्रचलित कानुनबमोजिम आरक्ष, निकुञ्ज वा जे उपयुक्त हुन्छ घोषणा गर्न आदेश दिएको थियो ।
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको पूर्वी सीमानादेखि काभ्रेतर्फको ५०.५३ हेक्टर राष्ट्रिय वन क्षेत्र पर्नेगरी सोही जिल्लाको पनौती नगरपालिका–१ र २ अन्तर्गत फूल्चोकी डाँडादेखि भर्याङ खोल्सी, साल्दुङ खोल्सी र ललितपुरको सीमानासम्मको राष्ट्रिय वनको भाग तथा भूपरिधीय क्षेत्र संरक्षण वनमा पर्नेछ ।

त्यस्तै, गोदावरी नगरपालिका–४ र ५ मा पर्ने जयभद्रे सामुदायिक वनदेखि पातलेछाप सामुदायिक वन क्षेत्र अन्तर्गतको राष्ट्रिय वन र निजी आवादी जग्गाको सीमासम्मको राष्ट्रिय वनको भाग तथा भूपरिधीय क्षेत्र पनि संरक्षण वनमा पर्नेछ ।


प्रकाशित : २०७९ असार ३, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप