लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

लमजुङका अधिकांश उम्मेदवारले चुनावी खर्च विवरण बुझाएनन्

लमजुङ , १२ असार

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका लमजुङका एक हजार ४१ जना उमेदवारमध्ये  ५८ जनाले मात्रै चुनावी खर्च विवरण बुझाएका छन्  ।

जिल्ला निर्वाचन कार्यालय लमजुङका अनुसार निर्धारित समयमा जिल्लाका स्थानीय तहमा प्रमुख र उपप्रमुख वा उपाध्यक्षमा उमेदवार बनेका तीन/तीन जनाले खर्च विवरण बुझाएका हुन् । सोबाहेक खर्च विवरण बुझाउनेमा १४ जना वडाध्यक्षका उमेदवार रहेका छन् भने ३८ जना सदस्य पदका उमेदवार रहेका छन् ।

चुनावी खर्च विवरण बुझाउने पालिका प्रमुखहरूमा सुन्दरबजार नगरपालिका प्रमुख कृष्ण कोइराला, क्होलासोँथार गाउँपालिका अध्यक्ष सूर्य गुरुङ र बेंसीसहरमा नगरप्रमुख उमेदवार बनेकी कुलुमाया गुरुङ छन् । कोइराला नेपाली कांग्रेसबाट सुन्दरबजार नगरप्रमुखमा निर्वाचित भएका हुन् भने सूर्य गुरुङ नेकपा एमालेबाट क्होलासोँथार गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी कुलुकुमारी गुरुङ मंगोल नेसनल अर्गनाइजेसनबाट बेसीशहर नगरप्रमुखमा उम्मेदार बनेकी थिइन् ।

त्यस्तै उपप्रमुख वा उपाध्यक्षतर्फ क्होलासोँथार गाउँपालिका उपाध्यक्ष गमीमाया गुरुङ, बेसीशहर नगरपालिकामा उपप्रमुखमा उम्मेदार बनेका हरिजङ तामाङ र पदममाया गुरुङ रहेको निर्वाचन कार्यालय लमजुङले जनाएको छ । गमीमाया गुरुङ नेकपा एमालेबाट क्होलासोँथार गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी हुन् भने तामाङ नेकपा माओवादी केन्द्रबाट बेंसीशहर नगर उपप्रमुख पदमा उम्मेदार बनेका थिए । त्यसैगरी पदममाया गुरुङ मंगोल नेशनल अर्गनाइजेसन पार्टीबाट बेसीशहर नगर उपप्रमुखमा उम्मेदार बनेकी थिइन् ।

निर्वाचन कार्यालयका सूचना अधिकारी जिवाखर शर्माका अनुसार खर्च विवरण बुझाउने अन्य जनप्रतिनिधिमा विभिन्न स्थानीय तहमा विभिन्न पार्टीबाट उम्मेदार बनेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये राइनास नगरपालिका, मर्स्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकाबाट कुनै पनि पनि उमेदवारको खर्च विवरण आएकाे छैन ।

जिल्ला निर्वाचन कार्यालयले निर्वाचन सकिएको एक महिना भित्र चुनावी खर्च विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । निर्वाचन आयोगले तोकिदिएको अधिकतम रकमभन्दा बढी खर्च भएकाले उमेदवारलाई विवरण बुझाउन कठिनाइ भएको अनुमान गरीएको छ ।

जिल्लामा विभिन्न तहका ३९१ पदका लागि एक हजार ४१ जना उम्मेदवार रहेका थिए ।


प्रकाशित : २०७९ असार १२, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप