लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मष्टा आधारभुत विद्यालय : कोठा एक, कक्षा चार

खड्क सुनार/
मुगु, २३ असार

सोरू गाउँपालिका–९ तलिकालैस्थित मष्टा आधारभुत विद्यालयले एउटै कोठामा चार वटा कक्षा सञ्चालन गर्न थालेको एक दशक भइसकेको छ । स्थापनाको एक दशक बितिसक्दा पनि भौतिक संरचना अभावमा यो विद्यालयले यसरी नचाहदा नचाहदै पनि कलिला बालबालिकालाई कष्ट दिइरहेको छ ।

०६८ सालमा स्थापना भएको विद्यालयमा कक्षा १ देखि ४ सम्म पढाई हुन्छ । विद्यालयमा छात्रा ४८ र छात्र ५० गरी ९८ जना अध्ययनरत छन् । सयको हाराहारीमा विद्यार्थी भए पनि उनीहरूलाई एउटै कोठामा बसाएर पठनपाठन गर्नु परेको विद्यालयले जानकारी दिएको छ ।

विशेषगरी यस विद्यालयमा विपन्न, अपाङ्गता भएका विद्यार्थीहरू अध्ययनरत छन् । अपाङ्गता–मैत्री विद्यालय संरचना नहुँदा बालबालिका यसै पनि समस्या भोगिरहेका छन् । कोठा अभाव हुँदा ईसिडी र कक्षा १ देखि ४ सम्मका विद्यार्थीलाई एउटै कोठामा बसाएर पठनपाठन गराईरहेको मष्टा आधारभुत विद्यालय कालैका प्रधानाध्यापक रत्नप्रसाद चौलागाईले बताए ।

प्रधानाध्यापक चौलागाईले भने, ‘विद्यालयमा कक्षा कोठा छैनन् भन्ने यहाका स्थानीय सरकार जानकार छ । तर, कुनै सुनुवाई हुँदैन ।’ यसरी स्थानीय सरकार, सरोकारवाला निकायले संरचाना निर्माणमा बेवास्ता गर्नु विद्यार्थीको भविष्यमाथि खेलबाड हो ।

‘एउटै कोठामा पढ्दा डिस्ट्रप हुन्छ, पढ्नै मन लाग्दैन, जानेको कुरा पनि बिर्सिन्छ, परीक्षामा लेख्नै सक्दैनौं,’ कक्षा ४ मा अध्यनरत जनकराजले भने । जनकराज जस्तै अरु विद्यार्थीले पनि सहज वातावरणमा पढ्न नपाएको बताए ।

शौच गर्न झनै सास्ती  
मष्टा आधारभुत विद्यालयमा कक्षा कोठामा मात्रको अभाव होइन, शौचालय पनि अभाव छ । शौचालय नहुँदा बालबालिकाहरू असुरक्षित तरीकाले बाहिरन जाने गरेका छन् । विद्यालयले एउटा अस्थायी शौचालय बनाए पनि त्यो पर्याप्त छैन । खुला स्थानमा शौच गरे मानव स्वास्थ्यमा नकारात्मक असर पर्ने थाहा हुँदा हुँदै पनि बाहिरै शौच गर्नु बाध्य भएको विद्यार्थीहरूको भनाइ छ ।

गाउँपालिका स्रोतबाट मात्रै संरचना निर्माण गर्न असम्भव भएपछि राष्ट्रपति शैक्षिक सुधार आयोजनासहितको सहयोगमा विद्यालयमा दुई कोठे भवन निर्माण जारी छ । छिट्टै नै विद्यालयमा थप भौतिक संरचना बन्ने सोरू गाउँपालिका शिक्षा शाखाका शिक्षा प्राविधिक सहायक निर्मल देवकोटाले बताए ।

विद्यालयमा भौतिक संरचना अभाव हुँदा एउटै कक्षाकोठामा अन्य कक्षाका विद्यार्थीलाईसँगै राखेर पठनपाठन गराउन निकै असहज वातावरण भएको मष्टा आधारभुत विद्यालयका शिक्षिका कमला जैशीको दुखेसोे छ ।

उनका अनुसार विद्यार्थी समूह बनाएर पठनपाठन गर्न सकिएको छैन ।  बहुशिक्षा कक्षा सञ्चालन गर्दा विद्यार्थीलाई थेग्न नसकिने जैसीको भनाइ छ ।


प्रकाशित : २०७९ असार २३, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप