लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भूकम्पले दुई घर भत्किए, १७ घर चर्किए (अपडेट)

खोटाङ, १५ साउन

खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्ता केन्द्र भएर गएको ६ रेक्टर स्केलको भूकम्पले दुईवटा घर भत्किनुका साथै १७ घर चर्किएको छ । हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानका गंगा राई र हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिम चुमाखुका तेजबहादुर नेपालीको घर भत्किएको हो ।

मानवीय क्षति नभए पनि दुबै परिवार विस्थापित भएका छन् । हालसम्म भूकम्पले मात्तिमविर्तामा १७ घर चर्किएको विवरण प्राप्त भएको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले बताए । हालसम्म मानवीय क्षति भएको जानकारी नआएको प्रशासनले जनाएको छ ।

भूकम्पलगत्तै साकेला गाउँपालिकाका पाँचवटै वडामा क्षतिको विवतरण संकलन भइरहेको गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले बताए । वर्षा भइरहेका कारण क्षतिको विवरण संकलनमा कठिन भइरहेको छ । मात्तिमविर्ताका वडाध्यक्ष जीवन न्यौपानेले दलबहादुर राई, प्रधान राई र ज्ञानबहादुर खड्काको घरमा बढी क्षति पुगेको बताए ।

क्षति मूल्यांकनका लागि पत्राचार

हलेसी तुवाचुङ नगरपालिकाले भूकम्पको क्षति मूल्यांकनका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ ।

आइतबार बिहान भूकम्प गएलगत्तै नगरपालिकाले इन्टग्रेटेड डिजास्टर भल्नेरेबिलिटी एसेसमेन्टका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गृह मन्त्रालयलाई पत्राचार गरेको हो । भूकम्पबाट भौतिक एवं मानवीय क्षतिको तत्काल एसेसमेन्ट गर्न प्राधिकरणबाट प्राविधिक टोली पठाएर सहयोग गर्न अनुरोध गरिएको नगर प्रमुख विमला राईले बताइन् ।


प्रकाशित : २०७९ श्रावण १५, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप