लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

श्रीमतीलाई भान्सेमा नियुक्ती गर्ने अछामका गाउँपालिका अध्यक्षको आलोचना

अछाम, १६ साउन

अछाममा एक गाउँपालिकाका अध्यक्षले आफ्नी श्रीमतीलाई भान्सेको जागिर दिलाएको खुले पछि उनको आलोचना भएको छ ।

रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले आफ्नी श्रीमती जयसरा साउँदलाई भान्सेको जागिर दिलाएको खुले पछि आलोचना भएको हो । अध्यक्ष साउँदको ठाडो निर्देशनमा उनीकी श्रीमती साउदलाई विज्ञापन बिना नै कार्यालय सहयोगीको कोटामा भान्से पदमा नियुक्त गरेका थिए ।

करार सेवा अन्तरगत १५ जेठ गतेदेखि लागू हुनेगरि १५ मंसिरसम्म (६ महिना) का लागि उनले सो नियुक्त गरेका थिए ।  जसअनुसार श्रीमती जयसराले ले गाउँपालिकावाट मासिक २१ हजार ३ सय तलव र वार्षिक १० हजार पोशाक भत्ता सेवा सुविधा पाउने छिन ।

करारमा गाउँपालिका अध्यक्ष साउँदले आफ्नै श्रीमतीलाई जागिर दिएको भन्दै आलोचना भइरहेको बिषयमा बुझदा प्रमुख प्रशासकिय अधिकृत रामबहादुर भण्डारीले पालिका अध्यक्षको निर्देशन अनुसार नै करारमा भान्से नियुक्त गर्न लगाएको जनाएका छन ।
श्रीमतीलाई जागिर दिलाएको बारेमा बुझन खोज्दा  गाउँपालिकाका अध्यक्ष साउँदले भने प्रतिक्रिया दिन आनाकानी गरेका छन ।


प्रकाशित : २०७९ श्रावण १६, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप