लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

खोटाङबाट काठमाडौं जाँदै गरेको सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाईते

खोटाङ, १६ साउन

खोटाङबाट काठमाडौं जाँदै गरेको सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाईते भएका छन् ।

आइतबार दिक्तेलबाट काठ्माडौं जाँदै गरेको ना १ ज ७४४१ नम्बरको सुमोलाई विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०२५ च ०३६६ नम्बरको सिंगल क्याप बोलेरोले सिन्धुलीको सुनकोसी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा ठक्कर दिँदा १० घाइते भएका हुन् । घाइतेमध्ये ६ जना खोटाङका छन् ।

बोलेरोको ठक्करबाट सुमो चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका फडिन्द्र बिक, सुमोमा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाका भक्तबहादुर बुढाथोकी, जीवन खत्री, सविन खत्री, प्रतिभा राई, बबिता राई घाइते भएको प्रहरीचौकी रातामाटा सिन्धुलीले जनाएको छ ।

यस्तै, ललितपुर महालक्ष्मी नगरपालिका–२३ का निरमायाँ मगर, भक्तबहादुर मगर र सिन्धुली तिनपाटन गाउँपालिका–९ का रञ्जना खुलाल घाइते भएका छन् । यस्तै, बोलेरो चालक धादिङको थाक्रे गाउँपालिका–३ का किरण मिजार पनि सामान्य घाइते भएका छन् । घाइतेहरुको धुलीखेल, बनेपा र काठ्माडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : २०७९ श्रावण १६, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप