लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ऊर्जाको भूमिका विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

भक्तपुर, २३ साउन

समाजको दिगो विकासको लागि ऊर्जाको भूमिका विषयक दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सोमबारदेखि भक्तपुरमा सुरु भएको छ । ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ र आई।ई।ई।ई। पी।ई।एस। को संयुक्त आयोजनामा सम्मेलन सुरु भएको हो ।

सम्मेलनको उदघाटन गर्दै संघीय सांसद प्रेम सुवालले ऊर्जा र जलस्रोतजस्ता महत्वपूर्ण क्षेत्रमा नेपालले अपेक्षित उपलब्धी हासिल गर्न नसक्नुमा शासक दल दोषी रहेको आरोप लगाए । देशमा उपलब्ध जलस्रोतको अधिकत्तम उपयोग र व्यवस्थापन गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ उनले सरकारको ध्यानाकर्षण गराए ।

नेपाल जलविद्युतको विकासमा अत्यन्त सम्भावना भएको देश भएर पनि भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था आएकोमा उनले दुःख व्यक्त गरे । नेपालको आर्थिक समृद्धिको महत्वपूर्ण खम्बाको रूपमा रहेको विद्युत सस्तोमा भारतलाई बेच्ने र महँगोमा खरिद गर्ने गरेको कारण पनि देश आर्थिक रुपले अझ झन पछाडि धकेलिँदै गएको उनको भनाइ थियो । नेपालको जलस्रोतमाथि भारतको नियन्त्रण बढ्दै जानुले नेपाल कहिल्यै समृद्ध हुन नसक्ने सांसद सुवालले बताए ।

कलेज व्यवस्थापन समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपालमा उत्पादित बिजुली बेच्ने कारण देखाउँदै शासक दलहरूले एमसीसी जस्ता सम्झौता संसदबाट अनुमोदन गरेको बताए । प्रजापतिले विद्युत उत्पादन गरेर जनतालाई सस्तोमा वितरण गर्नुको सट्टा हप्ताको दुई दिन बिदा र यातायातमा जोरबिजोर प्रणाली लागू गर्ने जस्ता सुझाव दिएर आयल निगमले सरकारलाई उल्टो बाटोमा अगाडि बढाउन खोजिरहेको उल्लेख गरे ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले नपाबाट सञ्चालित सातवटा शैक्षिक संस्थाले सस्तो र गुणस्तरीय शिक्षा प्रदानमा जोड दिँदै आएको बताइन् । जल तथा ऊर्जा आयोगका सचिव दिनेशकुमार घिमिरेले ऊर्जा, जलस्रोत तथा सिँचाइको उचित विकास, संरक्षण तथा प्रवद्र्धन गर्न र यस क्षेत्रलाई विशिष्टीकरण गरी नेपाललाई समृद्ध बनाउन आयोग क्रियाशील रहेको बताए ।


प्रकाशित : २०७९ श्रावण २३, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप