लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

दुई जनाको ज्यान लिएको पाटे बाघ नियन्त्रणमा लिईयो

२९ साउन २०७९ का दिन मान्छेलाई आक्रमण गरेको करिब १२ बर्षको पोथि पाटे बाघलाई नियन्त्रणमा लिईएको छ । आज सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ७ स्वामीबास बन क्षेत्रबाट डार्ट गरी बाघलाई नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएको पाटे बाघलाई बाँके राष्ट्रिय निकुञ्ज कार्यालयको खैरी पोष्ट नजिक रहेको खोरमा सुरक्षित राख्न पठाईएको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

पाटे बाघको आक्रमणमा परी बर्दिया राष्ट्रिय निकुञ्ज अन्र्तगत पर्ने चेपाङ्ग मध्यवर्ति क्षेत्र अन्र्तगत रहेको भेरी गंगा नगरपालिका वडा नम्बर ५ गेरुवनी स्थित शक्ति मध्यवर्ति सामुदायिक बन क्षेत्रमा घाँस काट्न जानुभएका स्थानीय ४६ बर्षिय राम बहादुर चन्द र ६७ बर्षिया कबि वलीको ज्यान गएको छ ।

घटना पछि निकुञ्ज कार्यालयका कर्मचारी, निकुञ्ज सुरक्षामा खटिएको नेपाली सेना, स्थानीय उपभोक्ता समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष, बर्दियाबाट खटिएको टोलिले बन क्षेत्रमा क्यामेरा जडान गरी बाघको गतिविधि अनुगमन गरेको थियो ।


प्रकाशित : २०७९ भाद्र १, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप