लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

क्युबामा आँधीपछि १० लाख मानिस विद्युत्विहीन, फ्लोरिडामा आपत्काल घोषणा

एजेन्सी
हवाना, १२ असोज
क्युबामा आँधीपछि १० लाख मानिस विद्युतविहीन भएका छन् । इयान आँधीका कारण एक जनाको मृत्युको भएको छ भने भवन तथा संरचनामा ठूलो क्षति भएको छ । क्युवाली राष्ट्रपति मिगुएल डियाज क्यानेलल आँधी प्रभावित क्षेत्रको भ्रमण गरेका थिए ।

क्युवाली अधिकारीहरूले ६ वटा क्षेत्रमा आपतकाल घोषणा गरेका छन् । पूर्वानुमानकर्ताहरूले आँधी प्रभावित क्षेत्रमा अचानक बाढी पहिरो आउने  चेतावनी दिएका छन् ।
तीन श्रेणीको आँधी १९५ किलोमिटर प्रतिघण्टा (१२० माइल प्रतिघण्टा) को गतिमा अहिले फ्लोरिडातर्फ बढिरहेको छ । करिब एक शताब्दीमा फ्लोरिडाका केही भागले तीब्र आँधी सामना गर्न लागेको मौसमविद्हरुले चेतावनी दिएका छन् हो । मंगलबार रातिसम्म तुफान मेक्सिकोको दक्षिण–पूर्वी खाडीमा बलियो हुँदै अगाडि बढेको थियो ।

फ्लोरिडाका गर्भनर रोन डिसान्टिसले आपत्काल घोषणा गरेका छन् । प्रभावित क्षेत्रमा उद्दार प्रयास गर्न ५ हजार राष्ट्रिय गार्डलाई परिचान हुन आदेश दिएका छन् ।


प्रकाशित : २०७९ आश्विन १२, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप