लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बालविवाह न्यूनिकरण गर्न जुम्लामा साझा अभियान चलाइदै

जुम्ला,  १२ असोज ।

जुम्लामा बाल अधिकार बारे सचेतना र बालविवाह न्यूनिकरणका लागि साझा अभियान चलाइने भएको छ । बालबालिकाकाे क्षेत्रमा काम गर्दै आएका गैरसरकारी संस्थाहरूले यस्तो अभियान चलाउन लागेका हुन् ।

यसका लागि जिल्लामा कार्यरत सबै गैरसरकारी संस्था एकजुट भएर लाग्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले सहकार्यका लागि लुज फोरमको समेत गठन गरेका छन् ।जसमा पेस नेपालको संयोजकत्वमा किर्डाक नेपाल, क्याड नेपाल, नेपाल रेडक्रस सोसाईटी, सिएमसी र सांग्रिला एशोसियसनलगायतका संस्थाले वालविवाहविरुद्ध साझा अभियान शुरु गरेको पेस नेपालका कार्यक्रम अधिकृत हेमराज भट्टले बताए ।  उनका अनुसार कर्णाली प्रदेशमा कार्यरत २५ संस्थाको भेलाले अभियान सुरू भइसकेकाे छ ।

अभियानका संयोजक चेतन गिरीका अनुसार कर्णालीमा बालविवाहकाे दर घटेन भन्ने छ तर यसको एकिन तथ्यांक छैन । संस्थाहरूको साझा अभियानले यस विषयमा समन्वय गर्न सहयोग गर्न आवश्यक रहेको उनले बताए ।

अभियानले चन्दननाथ नगरपालिका, हिमा गाउँपालिका, सिंजा र कनकासुन्दरी गाउँपालिका नमूनाको रुपमा काम गर्ने भएको छ । संघ संस्थाहरूको साझा अभियानमा संञ्चार क्षेत्रलाई समेत जोडेका छन् ।


प्रकाशित : २०७९ आश्विन १२, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप