लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कंकालिनी मंन्दिरमा हेलिकप्टरबाट पुष्पवृष्टि, ६ सय ७५ राँगाको बली दिइँदै

 

सप्तरी १८ असोज

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका भारदहस्थित कंकालिनी मन्दिरमा नेपाली सेनाले मंगलबार आफ्नो हेलिकप्टर मार्फत पुष्पवृष्टि गरेको छ ।

यस मन्दिरमा हरेक बर्ष दशैंको नवमीका दिन राँगाको बलि प्रदान गर्नुअघि एक एक राँगाको संकल्प पूजा गर्ने चलन रहेपानि यस पटक बली प्रदान हुने राँगाको संख्या बढी भएकाले सामूहिक रूपमा संकल्प पूजा गरिएको हो । जसलाई महासंकल्प पूजा भनिएको छ । महासंकल्प पूजाकै अवसर पारेर मंगलबार बिहान  हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको मन्दिर समितिले जनाएको छ ।

दशैंको नवमी तिथिका  दिन यस मन्दिरमा राँगाको बली प्रदान गर्ने चलन छ। यो मन्दिरमा यस पटक ६७५ राँगा बली प्रदानका लागि दर्ता भएको मन्दिर समितिले जनाएको छ ।


प्रकाशित : २०७९ आश्विन १८, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप