लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पछिल्लो ६ दिनमा बाढी–पहिरो लगायतका विपद्का घटनामा परी ४६ जनाको मृत्यु, २६ जना बेपत्ता

काठमाडौं, २६ असोज

पछिल्लो ६ दिनमा देशका विभिन्न स्थानमा विपद्का घटनामा परी ४६ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयका अनुसार असोज २० देखि २५ गतेसम्मको अवधिमा उनीहरुको मृत्यु भएको हो ।

उक्त अवधिमा रेकर्ड भएका ११८ वटा विपद्का घटनामा २६ जना बेपत्ता भएका छन् भने ३७ जना घाइते भएका छन् ।

गृहका अनुसार बितेको ६ दिनमा विपद्का घटनामबाट १८१ परिवार प्रभावित भएका छन् ।

पछिल्लो साता सबैभन्दा ठूलो जनधनको क्षति बाढी र पहिरोबाट भएको छ । बाढी र पहिरोका घटनामा परी ३९ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता भएका छन् । बाढी र पहिरोबाट सबैभन्दा ठूलो जनधनको क्षति कर्णाली प्रदेशमा भएको गृहले जनाएको छ ।

यसवर्ष (२०७९ वैशाख १ गतेदेखि असोज २५ गतेसम्म) विपद्का घटनामा परी नेपालमा २७६ जनाको मृत्यु भइसकेकाे छ । पछिल्लो करिव ६ महिनाको अवधिमा नेपालमा २ हजार २ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा परी ३३ जना बेपत्ता भएका छन् भने ५८७ जना घाइते भएका छन् ।

यसवर्ष विपद्का घटनामध्ये पहिरोमा परी सबैभन्दा बढीको ज्यान गएको छ । हालसम्म पहिरोमा परी ९१ जनाको मृत्यु भइसकेको छ ।

गृह मन्त्रालयका अनुसार यसवर्ष विपद्का घटनाबाट १ अर्ब १० करोड रुपैयाँभन्दा बढीको आर्थिक क्षति भएको छ ।


प्रकाशित : २०७९ आश्विन २६, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप