लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

विजय गच्छदारदेखि गोविन्दराज जोशीसम्मको उम्मेदवारी खारेजको सर्वोच्चमा रिट दर्ता

पूर्व उपप्रधानमन्त्री तथा काँग्रेस नेता विजयकुमार गच्छदार सहितका नेताको उम्मेदवारी खारेजीको माग गर्दै बिहीबार सर्वोच्चमा रिट दर्ता भएको हो ।

भ्रष्टाचार, फौजदारी कसुर र नैतिक पतन देखिने कसुरमा मुद्दा खेपिरहेका उम्मेदवारको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ता अनिल आचार्यले बिहीबार प्रतिनिधिसभा तथा प्रदेशसभाका ११ जना उम्मेदवार र निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन मन्त्रालयलाई विपक्षी बनाई रिट दर्ता गराएका हुन् ।

अधिवक्ता आचार्यले बिहीबार सर्वोच्च अदालतमा दर्ता गराएको रिटमा निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाएका छन् । साथै आचार्यले पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व काँग्रेस नेता गोविन्दराज जोशी, राप्रपा नेता विक्रम पाण्डे, स्वतन्त्र उम्मेदवार प्रभु साह, स्वतन्त्र उम्मेदवार सरिता गिरी, सिन्धुपाल्चोक क्षेत्र नम्बर १ क का एमाले उम्मेदवार युद्धविक्रम तामाङ, मनाङका काँग्रेस नेता टेक बहादुर गुरुङ, महोत्तरीकी लक्ष्मी महतो, झापा ५ ख का माओवादी केन्द्रका उम्मेदवार गगन भन्ने रेवतराज पुरी रहेका छन् ।

उनीहरू निष्कलङ्क नरहेको, भ्रष्टाचार तथा फौजदारी कसुरमा मुद्दा चलिरहेको वा सजाय पाएका व्यक्तिहरू रहेको भन्दै उनीहरूको उम्मेदवारी खारेज गर्न माग गरिएको हो । यस रिटमाथि असोज ३० गते प्रारम्भिक सुनुवाइ हुने गरी पेसी तोकिएको छ ।

उनीहरूको उम्मेदवारीले भविष्यमा देश र जनताका लागि अपूरणीय क्षति पुग्न सक्ने भन्दै अन्तरिम आदेशबाट उम्मेदवारी रद्द गर्न र भविष्यमा यस्ता व्यक्तिहरू उम्मेदवार बन्न नपाउने गरी कानुन संशोधन गर्न समेत मागदाबी लिइएको छ ।


प्रकाशित : २०७९ आश्विन २७, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप