लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

उम्मेदवारी खारेज भएका गुरुङको सुनवाई आज हुने

काठमाडौं, २८ असोज

नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेजी सम्बन्धी रिटको आज सुनुवाई हुँदै छ।

रूपन्देही–२ का आफ्नो उम्मेदवारी खारेजी भए पछि सर्वोच्च अदालत गएका गुरुङको रिटमा आज सुनवाई हुने भएको हो । आफनो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्चमा रिट दायर गरेका थिए।

बैंकिङ कसुर मुद्दामा कालोसूचीमा रहेको उल्लेख गर्दै गुरुङको उम्मेदवारी खारेज गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको थियो । आयोगको उक्त निर्णय विरुद्ध गुरुङले रिट निवेदन दायर गरेका हुन्।

लगत्तै रिट निवेदनमा गुरुङले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश माग गरेका छन्। सोही मुद्धामा सर्वोच्चले आज सुनवाई गर्न लागेको हो ।

सहायक निर्वाचन अधिकृत घनश्याम गौतमले सूचना जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ को खण्ड (ज) र निर्देशिका २०७९ को दफा १६ (ज) लाई आधार बनाएर उम्मेदवारी खारेज गरेका थिए ।


प्रकाशित : २०७९ आश्विन २८, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप