लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

छठ पर्व, आज साँझको अस्ताउदो सूर्यलाई अर्घ दिइँदै

काठमाडौं, १३ कात्तिक
कार्तिकशुक्लपक्ष षष्ठी । कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको छठ पर्वको आज तेस्रो दिन छठ अर्थात् षष्ठी हो । विशेषगरी नेपालको तराई क्षेत्रका बासिन्दाले मनाउने छठ पर्व अचेल काठमाडौं उपत्यकामा पनि भब्य रुपमा मनाउन थालिएको छ ।

आज साँझको अस्ताउदो सूर्यलाई अर्घ दिएर सोमबार बिहानको उदाउदो सूर्यको दर्शन गर्ने गरिन्छ । रातभर नदी, वा कुनै पोखरीको छेउमा रातभर जाग्राम बसेर छठ्ठी माताको उपासना गरिन्छ ।

सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।

छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ । छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई) को पूजा गरिन्छ । देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ ।

आज सार्वजनिक बिदा पनि हो ।


प्रकाशित : २०७९ कार्तिक १३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप