लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

आचरणविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरीका दुई सई निलम्बनमा

काठमाडौं, १५ कात्तिक

सशस्त्र प्रहरीका दुई जना सई (प्रहरी नायब निरीक्षक) निलम्बनमा परेका छन् ।

आचारविपरीत काम गरेको आरोपमा सशस्त्र प्रहरी मुख्यालयले सशस्त्र प्रहरी बल नेपाल नम्बर-२८ गण कपिलवस्तुमा कार्यरत सई गोविन्द सुवेदी र सशस्त्र प्रहरी बल नेपाल बीओपी छिन्नमस्ता सप्तरीमा कार्यरत सई कृष्णबहादुर मगरलाई निलम्बन गरेको हो ।

सुवेदीले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापनाका लागि सशस्त्र प्रहरी कर्मचारीलाई पुर्याएर कार्यालय फर्कने क्रममा जिम्मेवारी सही ढंगले पूरा नगरेको आरोपछ ।  ४ कात्तिकमा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका थिए ।

२० असोजमा भारतीय भूमिमा मृत फेला परेका सशस्त्र प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवको घटनामा प्रारम्भिक छानबिन गर्दा विभागीय नीति तथा आदेश विपरीत काम गरेको भन्दै मगरलाई निलम्बन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ।


प्रकाशित : २०७९ कार्तिक १५, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप