लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान

उदयपुर, १८ कात्तिक

आसन्न ४ मंसिरको प्रनितिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा बदर मत कम गर्न नमुना मतदान सम्पन्न भएको छ । जिल्ला निर्वाचन कार्यालय उदयपुरले बदर कम गर्न यस्तो नमुना मतदान गरेको हो ।

‘नमुना मतदान’ गाईघाट, राममुर, बेल्टार र कटारीमा सम्पन्न गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ । चौदण्डीगढी र बेलका नगरपालिकामा नमुना मतदान कार्य सम्पन्न गरेको हो । निर्वाचन आयोगको निर्देशन र कार्यतालिकामा विभिन्न स्थानीय तहमा छुट्टाछुट्टै नमुना मतदान कार्यक्रम गर्नुपर्ने भएअनुसार गरिएको जिल्ला निर्वाचन अधिकारी खेमराज कोइरालाले बताए । उनका अनुसार अन्य स्थानीय तहमा पनि सम्भव भएसम्म छिट्टै नमुना मतदान कार्य गर्ने योजना छ ।

चौदण्डीगढीमा नगरपालिका प्रशासकीय भवन र बेलाकामा पनि नगरपालिका कार्यालय भवनमै नमुना मतदान कार्यक्रम गरिएको हो ।मतदानमा दुवै नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्षलगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र राजनीतिक दलका प्रतिनिधिहरूको सहभागिता थियो । मतदान कार्यमा सुरक्षाकर्मी र म्यादी प्रहरीलाई परिचालन गरी चुनाव सम्पन्न गर्ने, मतपेटिका र मतदाताको सुरक्षा गर्नेलगायत अभ्यास पनि गराइएको थियो ।

मतदानमा समानुपातिक तथा प्रत्यक्षतर्फको मतपत्रबारे जानकारी गराउने, मतदानको प्रक्रिया, मतदानस्थल र मतदान केन्द्र तथा मतदान अधिकृत र सहायक कर्मचारीको भूमिकाबारे पनि अभ्यासबाट जानकारी गराउन नमुना मतदान गराइएको कोइरालाले बताए । त्यसैगरी मतपत्र खसेपछि सुरक्षित गर्ने तरिका, बाकस सुरक्षित र मत गणनासम्मका कामहरुको नमुना प्रदर्शन गरिएको थियो ।

कोइरालाले नमुना मतदानमा चौदण्डीगढीमा ५७ र बेलका नगरपालिकामा ५८ जनाले मतदान गरेकाे बताए । जसमा क्रमशः चौदण्डीगढी र बेलकामा ६ मत र आठ मत बदर भएको पाइएको छ । सदर र बदर मतबारे मतदातालाई जानकारी गराउन यसले भूमिका खेल्ने छ ।

कटारी नगरपालिका परिसरमा गरिएको मतदानमा ४५ मत खसेकाेमा दुई मत बदर भएको थियो । नमुना मतदान कार्यक्रममा सहभागी भएका मतदाताले पटकपटक मतदान गर्नुपर्ने भन्दै केही झन्झटिलो रहेको बताएका थिए । केही सहभागीले नमुना मतदानबाट धेरै कुरा सिकेको र सो कुरा अन्य मतदातालाई सिकाउन सकिने भएको प्रतिक्रिया दिएका छन ।

आगामी चुनावमा चार नगर र चार गाउँपालिका गरी आठ वटा स्थानीय तह रहेको उदयपुरमा दुई लाख २८ हजार नाै सय ४६ मतदाता छन् । जिल्लाभरि एक सय एक मतदानस्थल र दुई सय ६४ मतदान केन्द्र छन् ।


प्रकाशित : २०७९ कार्तिक १८, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप