लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

विश्वयुद्धका दुई विमान आकाशमा ठोकिए

एजेन्सी
न्युयोर्क, २७ कात्तिक

अमेरिकाको टेक्सास राज्यमा भएको एयर शोमा विश्वयुद्धकालीन दुई पुराना विमानहरू ठोक्किएर दुर्घटनाग्रस्त भएका छन् । फुटेजमा कम उचाइमा रहेका विमानले एकअर्कालाई प्रहार गरिरहेको देखाउँछ । एउटा विमान आधा टुक्रा परेको र भुइँमा खस्दा आगो लागेको  देख्न सकिन्छ ।

विमानहरू डलास नजिकै एउटा स्मारक एयर शोमा भाग लिइरहेका थिए। दुई विमानमा कति जना सवार थिए वा कोही बाँचे भने तत्काल खुल्न सकेको छैन।  दुईमध्ये एउटा एउटा बोइङ बी–१७ फ्लाइङ फोर्ट्रेस थियो ।

संघीय उड्डयन प्रशासनले शनिबारको विंग्स ओभर डलास एयरशोमा भएको दुर्घटनाको अनुसन्धान गर्ने बताएको छ ।

शुक्रबार भएको भेटरन्स डेको सम्मानमा तीनदिने कार्यक्रम आयोजना गरिएको थियो । डलासका मेयर एरिक जोन्सनले यसलाई ‘भयानक त्रासदी’ भनेका छन् ।
‘भिडियोहरू हृदयविदारक छन्,“ उनले ट्वीट गरे,  “कृपया, आज हाम्रो परिवारलाई मनोरञ्जन र शिक्षा दिनको लागि आकाशमा पुगेका आत्माहरूको लागि प्रार्थना गर्नुहोस्।’

हताहतिको संख्या अझै पुष्टि भइसकेको  तर जमिनमा कोही पनि घाइते नभएको उनले बताए । बी १७ बमवर्षकले दोस्रो विश्वयुद्धमा जर्मनी विरुद्धको हवाई युद्ध जित्न प्रमुख भूमिका खेलेको थियो।

दोस्रो विमान, एक पी ६३ किंगकोब्रा दोस्रो विश्व युद्धमा प्रयोग गरिएको लडाकु विमान थियो ।


प्रकाशित : २०७९ कार्तिक २७, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप