लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

दोहोरो चरित्र देखाएको भन्दै सुरक्षा परिषद्सँग किमकी बहिनी क्रुद्ध

 

एजेन्सी
प्योङयाङ, ७ मंसिर

प्योङयाङले अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको विषयमा संयुक्त राष्ट्रसंघले बैठक बोलाएपछि उत्तर कोरियाली नेता किम जोङ उनकी शक्तिशाली बहिनीले सुरक्षा परिषद्को कडा आलोचना गरेकी छिन् । सुरक्षा परिषद्ले दोहोरो चरित्र देखाएको समेत उनले बताएकी छिन् ।

उत्तर कोरियाले शुक्रबार अन्तरमहादेशीय क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तरको प्रहारलाई लिएर सुरक्षा परिषदको बैठक बसेको थियो । किम जोङ उनकी बहिनी यो जोङले परिषद्ले सियोल र वाशिंगटनको ‘खतरनाक सैन्य अभ्यास’ र ‘तिनीहरूको हतियार’ लाई आँखा चिम्लेको आरोप लगाइन् ।

‘यो स्पष्ट रूपमा दोहोरो चरित्र हो’, उनको भनाइ उद्धृत गर्दै आधिकारिक कोरियाली केन्द्रीय समाचार एजेन्सी (केसीएन)ले जारी गरेको  विज्ञप्तिमा भनिएको छ । उनले अमेरिकाले कोरियाली प्रायद्वीपलाई नयाँ संकटतर्फ धकेलेको आरोप लगाइन् ।

उत्तर कोरियाका आणविक गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । प्रतिबन्धको उत्तरले विरोध गर्दै आएको छ । प्योङयाङले आणविक गतिविधि बढाइरहँदा एक साताअघि अमेरिका र दक्षिण कोरियाले सिउलमा संयुक्त सैन्य अभ्यास गरेका थिए ।


प्रकाशित : २०७९ मंसिर ७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप