लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

आर्यन सिग्देलको ‘सायरा’ नेपालसँगै विश्वभर एकसाथ रिलिज हुँदै

 

काठमाडौं, १५ मंसिर

बलिउड निर्देशक विशाल देसाईको निर्देशनमा तयार हुने नेपाली फिल्म ‘सायरा’ को विश्वव्यापी रूपमा प्रदर्शन हुने भएको छ । हालै काठमाडौंमा फिल्मका प्रस्तुतकर्ता रघु परियारले पावनी फिल्म्सका प्रवन्ध निर्देशक विशाल चौधरीसँग ‘वर्ल्डवाइड रिलिज’ बारे सम्झौता गरेका छन् ।

‘पावनी फिल्म्सले विश्वभर फिल्मलाई प्रमोसन गर्नेछ । हामीलाई फिल्म निर्माणमा यसले झनै मदत पुगेको छ’, प्रस्तुतकर्ता परियारले भने ।
पावनी फिल्मका प्रवन्ध निर्देशक चौधरीले नेपाली फिल्मसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘नेपाली फिल्मको मेकिङअनुसार अझै बजार पाउन सकेको छैन । यसैकारण पनि हामी नेपाली फिल्मलाई विश्वभर प्रचारप्रसार गर्न आएका छौँ । नेपाली–इन्डो फिल्म भएकाले हामीले यसबाट धेरै आश राखेका छौँ’, चौधरीले भने ।

आर्यन सिग्देल, सुफिया सिद्दिकी र कविता नेपालीको अभिनय रहने फिल्ममा भारतीय अभिनेता तथा मोडल धानिष सोनी अनुबन्धित भएका छन् । उनलाई फिल्मका प्रस्तुतकर्ता परियारसँगै निर्माता पुष्कर झा र कार्यकारी निर्माता काजीमान आत्रेय अनुबन्धित गरेका हुन् ।

नेपाली व्यानर डीबीआर मेडिया एन्ड मुभिज प्रालि र आइविल प्रोडक्सन अस्ट्रेलियाको संयुक्त लगानी रहने ‘सायरा’ ९० प्रतिशत अस्ट्रेलिया र १० प्रतिशत नेपालमा छायांकन हुँदैछ । यसमा नेपाल र भारत दुवै देशका कलाकारको अभिनय रहनेछ । चलचित्रको कथा प्रस्तुतकर्ता परियार स्वयंको हो । उनले लभस्टोरी कथामा पूर्ण कमर्सियल फिल्म निर्माण गर्न लागेको बताए । फिल्मको छायांकन आउँदो वर्ष सन् २०२३ मा गरिनेछ । आर्यन अभिनित फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शन भएपश्चात उनी यसमा व्यस्त हुनेछन् ।


प्रकाशित : २०७९ मंसिर १५, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप