लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

महोत्तरीको बर्दिबासमा अर्को चुनावको चर्चा, आकाङक्षीहरुको छलफल तिव्र

महोत्तरी, १६ मंसिर
प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै महोत्तरीको बर्दिबासमा निर्वाचन सुरु भएको छ ।

बर्दिबास नगरपालिकामा १० वर्षदेखि हुन नसकेको उद्योग वाणिज्य संघ र खानेपानी संस्थानको निर्वाचनले माहोल तातेको हो ।

७ पुसमा निर्धारण भएको उद्योग वाणिज्य संघको निर्वाचनका लागि दौडधुप सुरु भएको छ । झण्डै १४ सय व्यवसायी अहिले उद्योग वाणिज्य संघ बर्दिबासमा दर्तामा छन् ।

यतिबेला आगामी नेतृत्वको रस्साकस्सीमा दुई जना मैदानमा देखिएका छन् । पूर्वउपाध्यक्ष कृष्ण गौतम र विष्णु खडकाको बजारमा चर्चा चलेको छ ।

उपाध्यक्ष कृष्ण गौतमले पत्रकारसँगको भेटघाटमा २० वर्षदेखिको वाणिज्य संघमा बसेर गरेको कामलाई अध्यक्षको नेतृत्व लिएर अगाडि बढन चाहेको बताए ।

विष्णु खडकाले पनि विगतमा सामाजिक संस्थामा बसेर गरेको कुशल र सफल नेतृत्व अब उद्योग वाणिज्य संघमा बसेर अझ फराकिलो बनाउने बताउँदै आएका छन् ।

पूर्वमहासचिवको भूमिकामा रहेर काम गरिसकेका युवा भवनाथ खतिवडाले पनि संस्थाको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल आफ्नो फेसबुक मार्फत आफू पनि अध्यक्षको उम्मेदवार भएको घोषणा गरेका छन् ।


प्रकाशित : २०७९ मंसिर १६, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप