लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

निर्वाध रूपमा रात्रीकालीन बजार संचालन गर्न हाेटल व्यवसायीकाे माग

 

मोहम्मद हबिब
भैैरहवा, १८ मंसिर । बढेको व्याजदर घटाउन र निर्वाध रुपमा रात्रीकालीन बजार संचालन गर्न होटल तथा पर्यटन व्यवसायीहरुले माग गरेका छन । होटल तथा रष्टुरेन्ट व्यवसायी संगठन, रुपन्देहीको ९ औ वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले कोभिडले शून्य बनाएको व्यवसाय विस्तारै चलायमान हुने अवस्थामा बैंकहरूले कर्जामा अस्वाभाविक रुपमा ब्याज वृद्धि गर्दा व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आएको बताए । राज्यले रात्रकिालीन बजारको घोषणा भए पनि कार्यान्वयनका लागि प्रशासनमा निवेदन दिनुपर्ने लगायतका प्रक्रिया अझै पनि कायम रहेकोले पर्यटन व्यवसयीलाई निर्वाध रात्रीकालीन व्यवसाय गर्न दिनुपर्ने उनीहरुको माग छ ।

होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले व्याज वृद्धिको विषयमा महासंघले निरन्तर लागेको छ। व्याजको विषयमा सम्बोधन नभए जिल्ला जिललाबाट नेतृत्वले व्याजदर घटाउन दबाबमुलक केन्द्रीय कार्यक्रम गर्ने उनले बताए ।

रुपन्देहीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिवी र बुद्ध सर्किट, स्थलमार्गबाट सबैभन्दा बढी पर्यटक आउने नाकासमेत रहेकोले होटल तथा पर्यटन व्यवसायको भविष्य उज्जवल छ, थुप्रै सम्भावनाहरु रहेको त्यसलाई उजागर गर्नुपर्ने बताए ।

राज्यको चार खम्बे अर्थनीतिअनुसार पर्यटन क्षेत्रको विकास आर्थिक समृद्धिको प्रमुख आधार भए पनि अस्पष्ट राज्य नीति र अर्थनीतिका कारण व्यवसाय वृद्धिका लागि लिइएका ऋणमा चरम व्याज वृद्धि हुँदा व्यवसाय नै धरासायी भई बन्द गर्नुपर्ने अवस्था आएको अध्यक्ष पिताम्बर न्यौपानेले बताए ।

होटल व्यवसायी महासंघ लुम्बिनीका उपाध्यक्ष समुन्द्र जिसी, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म न्यौपाने, सिद्धार्थ होटल एसाेसियसन नेपालका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठ, मदिरा व्यवसायी संघ सिद्धार्थनगरका अध्यक्ष केशव ज्ञवाली लगायतले पर्यटन व्यवसायीको हाम्रो मुख्य स्रोत नै भारतीय पर्यटक रहेको सहज रुपमा पर्यटन आउने वातावरणको सृजना गर्नुपर्ने, भन्सार, प्रशासन र दलालहरुले पर्यटकलाई सीमामा दिएको अनाहकको सास्ती हटाउनु पर्ने, सरकारबाट प्रचार प्रसार व्यापक रुपमा गर्नुपर्ने, घरबहाल कर र व्यवसाय करमा छुट दिनुपर्ने व्यवस्था गर्नु पर्ने बताए ।

 


प्रकाशित : २०७९ मंसिर १८, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप