लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सेयर बजार ५ अंकले घट्याे, ९६ करोडको कारोबार

 

काठमाडौं, २० मंसिर

आज नेप्से परिसुचक ४.८७ अकले ओरालो लाग्दै १९३३.८८ विन्दुमा आएर रोकिएको छ । साथै सेन्सेटिभ इन्डेक्सम पनि १.५६ अंकले घटेको छ । मंगलबार नेप्से परिसुचकमा ०.२५ प्रतिशतले ओरालो लागेको हाे । सोमबार पनि सेयर बजार १.२५ प्रतिशतले ओरालो लागेको थियो ।

आज २५ लाख ८१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाखभन्दा बढीको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यस्तै, १९९  कम्पनीको कारोबार हुँदा ७८ कम्पनीकाे सेयरमूल्य वृद्धि भएको छ । साथै १०९ कम्पनीमा ओरालो लागेको र १२ कम्पनी स्थिर रहेको नेप्सेले जनाएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था ८.१७ प्रतिशत र सिटिजन म्युचुअल फण्ड ६.१२  प्रतिशतले वृद्धि भएको छ ।

सिवम् सिमेन्ट ८ करोड १२ लाखभन्दा बढीको कारोबार भएको र हिमालय डिस्टिलरी पाँच करोड ५० लाखभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।

मंगलबार १३ उपसुचकमा तीन कम्पनीमा उकालो लागेको र अरु सबै उपसुचकमा ओरालो लागेको छ । वृद्धि हुने उपसुचकहरूमध्ये सबैभन्दा धेरै अन्य ०.५७ प्रतिशत र माइक्रोफाइनान्स ०.२८ प्रतिशतले वृद्धि भएको नेप्सेले जनाएको छ ।


प्रकाशित : २०७९ मंसिर २०, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप