लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सीके राउतको जनमत र रेशम चौधरीको उन्मुक्तिबीच १२ बुँदे सहमति, मोर्चाबन्दी गरेर अघि बढ्ने

डा. सीके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरीको संरक्षकत्वमा गठित नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी हुने भएको छ ।

दुई पार्टीले आइतवार १२ बुँदे सहमति गर्दै विभिन्न मुद्दामा एक साथ अगाडि बढ्ने जनाएका हुन् ।

सहमतिको पहिलो बुँदामा नै रेशम चौधरीको रिहाइका लागि पहल गर्ने उल्लेख छ ।

‘टीकापुर घटनाका राजबन्दीहरू लगायत माननीय रेशम चौधरीको रिहाइको पहल दुवै पक्षबीच सम्झौता भएकै दिनबाट शुरू गर्ने,’ सहमति पत्रमा भनिएको छ ।

दुवै पार्टीका नेता कार्यकर्तामाथिका मुद्दा फिर्ता गर्न र रिहाइका लागि पहल गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन पहल गर्ने तथा विभिन्न जनसरोकारका विषय पनि सहमति पत्रमा उल्लेख छन् ।

संघ र प्रदेश सरकार दुवैतिर यी दुई पार्टी कार्यगत रूपमा सहकार्य गर्दै अगाडि बढ्ने सहमति पनि भएको छ ।

संघमा सीके राउत नेतृत्वको जनमतका ६ र रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्तिका ४ सांसद छन् । दुवै दल सत्ता साझेदार हुन् ।

हेर्नुहोस्, २ पार्टीबीचको १२ बुँदे समझदारी :


प्रकाशित : २०७९ पुष २४, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप