प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने प्रयोजनको लागि प्रतिनिधि सभामा मतविभाजन प्रक्रिया शुरु भएको छ । विश्वासको मत माग्ने प्रस्तावमा राखिएको प्रस्तावमा उठेका छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि मतविभाजन प्रक्रिया शुरु भएको हो ।
बैठकको अध्यक्षता गरेका जेष्ठ सदस्य पशुपति शमशेर जबराले मंगलवार साझ पौने ५ बजे मतविभाजन घण्टी बजाउन आदेश दिएका छन् ।
सांसदहरुले पक्ष र विपक्षमा लिखित हस्ताक्षर गरेर अभिमत प्रकट गर्नेछन् ।
१६९ सांसदको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई त्यसबाहेक पनि ८९ सीट रहेको कांग्रेस, १० सीट रहेको नेकपा एस र ४ सीट रहेको लोसपाले समेत सघाउने भएका छन् ।
प्रकाशित : २०७९ पुष २६, मंगलवार : प्रकाशित


समाचार


