लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

‘नेपाली गर्ल’ को माध्यमबाट ठगीधन्दा, बैंकको खाताको पैसा चोर्ने कार्यमा संलग्न ८ जना पक्राउ

ललितपुर । ‘नेपाली गर्ल’ नामक एपमार्फत अनधिकृतरुपमा व्यक्तिको बैंक खातासम्म पहुँच राखेर रकम चोर्ने कार्यमा संलग्न ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ८ जनालाई पक्राउ गरेको हो ।

ललितपुरको सातदोबाटो बस्ने हरि प्रसाद ढकालको नाममा रहेको एनआईसी एसिया बैंकको खाताबाट गत मंसिर २५ गते रकम चोरी भएको छ । बैंकका रहेको खाताबाट संचालन गरेको मोबाइल वैंकिङ च्यानल ह्याक गरी २५ गते बेलुका ७ देखि २६ गते बिहान १ बजे सम्म रकम निकालिएको उजुरी प्रहरीमा परेको थियो ।

सो रकम विभिन्न व्यक्तिहरुको नाममा रहेको ईसेवा र खल्ती वालेटमा रकम ट्रान्सफर गरी ठगिएको भन्ने ब्यहोराको उजुरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धान गर्दै जाँदा अभियुक्तहरूले संगठित रुपमा विद्युतीय माध्यमको प्रयोगबाट अनधिकृत रुपमा खाताको रकम निकाली हिनामिना गर्ने गरेको पाइएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिए ।

उनीहरुलाई मकवानपुर र काठमाडौँ जिल्लाबाट पक्राउ गरेर उच्च अदालत पाटनबाट वैंकिङ कसुर मुद्दामा म्याद थप गरी थप अनुसन्धान उनले बताए ।

पक्राउ पर्नेमा भारतीय नागरिक अवधेश कुमारसहित सप्तरीका दिलिप कुमार चौधरी, पर्साका नगेन्द्र साह कानु, रौतहटकी रविना चौधरी, बाराका सन्तोष कुँवर, पर्साका साहिल परबेज, राजु पटेल र शिवशंकर राउत रहेका छन् ।

उनीहरुको साथबाट विभिन्न कम्पनीको मोबाईल थान, ल्यापटप र एटीएम कार्ड बरामद भएको छ ।

उनीहरुले नेपाली गर्ल एपको सामाजिक सञ्जालमार्फत आकर्षक विज्ञापन गराउने र त्यहाँ क्लिक गरेपछि टाढा चोरी गरेर सिस्टम ह्याक गरी ठगी गर्ने गरेको पाइएको अनुसन्धानबाट खुलेको छ ।


प्रकाशित : २०७९ माघ २०, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप