लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

घरमा मृत भेटिइन् गायिका वाणी जयराम

हालै पद्म भूषणद्वारा सम्मानित गरिएकी दक्षिणकी चर्चित गायिका वाणी जयरामको ७७ वर्षको उमेरमा निधन भएको छ । मिडिया रिपोर्टका अनुसार केही समय अघि उनको टाउकोमा चोट लागेको थियो जसका कारण उनी धेरैजसो बिरामी भइरहन्थिन् । शनिबार बिहान उनी चेन्नई स्थित आफ्नो घरमा मृत पाइएकी हुन् । उनको मृत्युको कारण स्पष्ट हुन सकेको छैन । वाणी जयरामलाई पद्म भूषण अवार्ड २०२३ बाट सम्मानित गरिएको छ ।

१९ भाषामा १० हजारभन्दा बढी गीत गाइन्

वाणी जयराम दक्षिणकी चर्चित प्लेब्याक सिंगर थिइन् । सन् १९४५ मा तमिलनाडुको वेल्लोरमा जन्मिएकी वाणीको वास्तविक नाम कलैवानी थियो । वाणीले आफ्नो करियरमा तमिल, तेलुगु, कन्नड, मलयालम, हिन्दी, उर्दूसमेत १९ भाषामा १० हजारभन्दा बढी गीत गाइन् । स्मरण रहोस्, केही समय अघि वाणीले आफ्नो करियरको ५० वर्ष पूरा गरेकी थिइन् । सङ्गीतको क्षेत्रमा उत्कृष्ट प्रदर्शनका लागि वाणीले तीन पटक राष्ट्रिय पुरस्कार पाइसकेकी छिन् ।


प्रकाशित : २०७९ माघ २२, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप