लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

पोखरा विमान दुर्घटना– इन्जिन चलिरहेको थियो, अवतरण गर्न खोज्दा पंखाको एंगल मिलेन

पोखरामा भएको यती एयरको विमान दुर्घटनाका सम्बन्धमा भएको जाँचबुझ बारेको प्रारम्भिक विवरण सार्वजनिक भएको छ ।

पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा गठित जाँचबुझ आयोगले जहाज अवतरण गर्ने क्रममा बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको पाइएको जानकारी दिएको हो ।

आयोगले प्रारम्भिक जानकारीसहितको विज्ञप्ति जारी गर्दै भनेको छ, ‘फ्लाइट डाटा रेकर्डर र ककपिट भ्वाइस रेकर्डरको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त 9N ANC जहाज अवतरण गर्ने क्रममा बेस लेग (Base Leg)मा दुवै इन्जिनका प्रोपेलरहरू फेदरमा गएको देखिन्छ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अत: उक्त जहाजका दुवै इन्जिन प्रोपेलर फेदरमा किन गयो भनी यस आयोगले प्राविधिक र मानवीय पक्षहरूबारे थप अनुसन्धान अगाडि बढाइसकेको ब्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’

सामान्य बोलीचालीको भाषामा भन्नुपर्दा​ इन्जिन चलिरहेको भए पनि पंखाको एंगल नमिलेका कारण दुर्घटना भएको देखिएको जाँचबुझ आयोगका सदस्य सिनियर इन्जिनीयर एकराजजंग थापाले बताए ।

‘इन्जिन चलिरहेको भए पनि अवतरणका क्रममा पंखाको ब्लेड एंगल नमिलेको जस्तो देखियो । के कारणले एंगल मिलेन भन्ने विषयमा छानबिन हुन बाँकी छ,’ थापाले भने, ‘मानवीय त्रुटिका कारण त्यस्तो भयो कि प्राविधिक त्रुटिका कारण भन्ने विषयमा अनुसन्धान गर्न बाँकी छ ।’

यही माघ १ गते यती एयरको एटीआर विमान पोखरा विमानस्थलनजिक सेती खोंचमा दुर्घटनाग्रस्त हुँदा चालक दलका ४ सदस्यसहित ७२ जनाको मृत्यु भएको थियो ।

 


प्रकाशित : २०७९ माघ २३, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप