लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नाला थुनिँदा फैलियो दुर्गन्ध

लहानको मुख्य चोकमा नालाको फोहोर पानी नबग्दा दुर्गन्ध फैलिएको छ। नालाबाट निरन्तर फोहोर पानी नबग्नु ठूलो समस्या भएको लहान–१ का शङ्करप्रसाद गुप्ताले बताउनुभयो। उहाँका अनुसार नाला सफा गरेको दुई/चार दिनमै फेरि नाला पुरिने गरेकोले यस्तो समस्या भएको हो।

खुला नालामा प्लास्टिकको खानेपानीको बोतल, पसल बढारेर जम्मा गरेको फोहोर फाल्दा जाम भइ दुर्गन्धित हुने गरेको हो। लहान–१ समाजसेवी नेनीलाल रामले भन्नुभयो, “लहान नगरपालिकाले सरसफाइ नगरेको होइन, स्थानीयहरूले जथाभावी फोहोर फालेर समस्या उत्पन्न गरिरहेका छन्। यो समस्यालाई समाधान गर्न टोल समिति र वडा कार्यालय जिम्मेवार हुन आवश्यक छ।”

लहानको वडा नम्बर १ र ३ मा दुईवटा शौचालयसहित सुविधा सम्पन्न बसपार्क निर्माण भए पनि मुख्य चोकमा नै बस, सिटी रिक्सा, फुटपाथको पसल राख्दा सरसफाइमा समस्या भएको स्थानीयले गुनासो गरेका छन्। नयाँ बसपार्क सञ्चालनमा ल्याउन नगरपालिकासँग माग समेत गरेका छन्।

लहान नगरपालिका सरसफाइ संयोजक रामऔतार शर्माले सहरी क्षेत्रको नाला नियमित गर्न नयाँ रणनीति अपनाउने बताउनुभयो।

नागरिक अगुवा राबिहारी साहले मुख्य चोकमा सार्वजानिक शौचालय नहुँदा टाढा–टाढा जाने यात्रुलाई दिशापिसाब गर्न ठूलो सास्ती बेहोर्नु परिरहेको बताउनुभयो। उहाँले थप्नुभयो, “सरसफाइमा लापरबाही गर्नेहरूलाई नगरपालिकाले दण्डसजाय र पुरस्कारको नीति अपनाउनुको साथै व्यापक जनचेतना आवश्यक छ।”

लहान नगरपालिकाको सहरी क्षेत्रमा निर्माण भएको नाला जाम समस्या रहेको छ भने ग्रामीण भेगमा निर्माण भएको पक्की सडकमा गाईभैसी बाँध्ने, पराल राख्ने र गोबरको गुइँठासमेत पार्ने गरिन्छ। संयोजक शर्माले नगरपालिकाले थालेको सरसफाइ अभियानमा स्थानीय सचेत नागरिकले समेत ध्यान दिन आवश्यक रहेको बताउनुभयो।

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीका अनुसार चार लेन सडक विस्तार कार्यक्रम मुख्य चोकमा प्रवेश गरिसकेकोले चाहेअनुसारको योजना तत्कालै लागू गर्न समस्या भए पनि नियमित रूपमा नाला सरसफाइ गर्न मान्छे राखिने बताउनुभयो।


प्रकाशित : २०७९ फाल्गुन १४, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप