लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नक्कली शरणार्थी प्रकरण: फरार टोपबहादुर रायमाझीको घरमा प्रहरीको छापा

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव टोपबहादुर रायमाझीको घरमा प्रहरीले छापा हानेको छ ।

मंगलबार दिउँसो काठमाडौं प्रहरी परिसरबाट खटिएको प्रहरीको टोलीले ललितपुरको सातदोबाटोमा रहेको रायमाझीको घरमा छापा मारेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका एमाले सचिव रायमाझी फरार छन् ।

आफूविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरीलाई टेलिफोन गरेर आफैँ प्रहरीसमक्ष उपस्थित हुने बताएका रायमाझी त्यसपछि फरार भएका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी अहिले उनको खोजीमा तीव्र रूपमा लागेको छ । तर, उनी कहाँ छन् भन्ने यकिन लोकेसन पत्ता लगाउन सकेको छैन ।  गृहस्रोत भने उनी भारतको लखनउ पुगेको हुनसक्ने आशंका रहेको बताउँछ ।

पूर्वमन्त्री रायमाझीलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा प्रहरी प्रधान कार्यालयले परिपत्र गरेको गृह स्रोतले बताएको छ । त्यति मात्र नभई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पनि रायमाझीलाई पक्राउ गर्न निर्देशन दिइएको छ ।

यसअघि गत बुधबार पक्राउ पुर्जी जारी भएपछि बिहीबार मध्याह्न प्रहरीलाई फोन गरेर आफैँ गिरफ्तारी दिन आउने बताएका थिए । बिहीबार दिउँसो २ बजे गिरफ्तारी दिन आउँछु भनेका रायमाझी त्यसपछि फरार छन् । गत बुधबार गृहजिल्ला अर्घाखाँचीबाट काठमाडाैं जाने भनेर हिँडे पनि राति ९ बजेपछि माेबाइल अफ गरेर सम्पर्कविहीन भएका थिए ।

रायमाझीले भैरहवाबाट काठमाडाैं आउन गत बुधबार साँझका लागि काटेकाे जहाजकाे टिकटसमेत रद्द गरेका थिए ।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका छोरा सन्दीपलाई भने प्रहरीले गत बुधबार नै बुटवलबाट पक्राउ गरिसकेकाे छ ।


प्रकाशित : २०८० बैशाख २६, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप