लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

खर्बुजाको बोक्राबाट बनाउन सकिन्छ स्वादिष्ट अचार

गर्मीमा शरीरलाई हाइड्रेट राख्न खर्बुजालाई सबैभन्दा उपयुक्त फल मानिन्छ । यसले शरीरमा पानीको कमी हुन दिंदैन । अहिलेसम्म तपाईंले खर्बुजा र यसबाट बन्ने जुस मात्रै खानुभएको होला । सुन्दा अनौठो लाग्न सक्छ, तर ताछेर फालिने खर्बुजाको सेतो भागको स्वादिष्ट अभार बनाउन सकिन्छ ।

सेतो भागको अचार नबनाइ खाँदा पनि त्यसमा पाइने फाइबरजस्ता पोषक तत्वले शरीरलाई फाइदा पनि गर्छ । यसको अचारले जिब्रोलाई त स्वादिलो बनाउछ नै, शरीरलाई पनि फाइदा गर्छ ।

त्यसो भए खर्बुजाको अचार कसरी बनाउने त ?

सामग्री

खर्बुजाको बोक्राको सेतो भाग – ५०० ग्राम

हरियो खुर्सानी – ४ पिस

कागतीको रस या लप्सीको धुलो – २० ग्राम

नुन – स्वादअनुसार

भुटेको तिलको धुलो – २ चियाचम्चा

बेसार – आधा चियाचम्चा

खुर्सानीको धुलो – आधा चियाचम्चा

तोरीको तेल – ३ चम्चा

ताजा धनियाँ – ३ चम्चा

काटेको प्याज- आधा टुक्रा

मेथी – आधा चियाचम्चा

बनाउने विधि

-खर्बुजाको बोक्रालाई ताछेर हरियो भाग निकालेर सेतो भागलाई लाम्चो मसिनो पारेर काट्ने वा कोरेसोले कोर्ने ।

-सेतो भागमा हुने पानी निचोरेर सुख्खा बनाउने । त्यसपछि थोरै नुन हालेर मोल्ने र १५ मिनेट त्यत्तिकै छोपेर राख्ने । अब तयार पारेर राखेको बाँकी नुन, अमिलो, प्याज, तिलको धुलो र खुर्सानीको धुलो हालेर पुनः मोल्ने ।

-त्यसपछि तोरीको तेल तताएर मेथी पड्काउने र कालो हुनासाथ चिरेर राखेको हरियो खुर्सानी, बेसार हालेर झान्ने (टड्का दिने) । त्यसपछि राम्रोसँग मोल्ने अनि स्वादिष्ट खर्बुजाको अचार तयार हुन्छ ।

अब यसलाई खाजा र खानामा अचारको रुपमा खान सकिन्छ ।


प्रकाशित : २०८० जेष्ठ १३, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप