काठमाडौँ – जिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईले प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीविरुद्ध उजुरी दिएका छन्।
संसदीय सुनुवाई विशेष समितिले कार्कीविरुद्ध उजुरी दिन आह्वान गरेको समयमा बहाला न्यायाधीश भट्टराईले नै उजरी दिएका हुन्।
उजुरीमा भट्टराईले आलाकाँचा व्यक्तिलाई एकैपटक सर्वोच्च र उच्च अदालतको न्यायाधीश बनाउँदा न्यायपालिकाको गरिमा नै कमाजोर बन्न पुगेको दाबी गरेका छन्।
आलाकाँचा व्यक्तिलाई न्यायिक नेतृत्वमा पुर्याउँदा क्षमतावान न्यायाधीशहरु भने जिल्ला र उच्च अदालतबाट रिटायर्ड हुनुपरेको दाबी भट्टराईले गरेको सुनुवाई समिति स्रोतले जानकारी दियो। भट्टराईले पदमै रहेर पनि न्यायपालिकाको विकृति विसंगतिविरुद्ध आवाज उठाइ रहेका छन्।
कार्कीविरुद्ध उजुरी दिन सुनुवाई समितिले जेठ २६ गतेसम्मको समय दिएको छ।


समाचार


