लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

छोराछोरीलाई कसरी हुर्काउने ? चर्चित लेखिकाका ६ सुझाव पालना गर्नुहोस्

हरेक अभिभावक आफ्नो पालनपोषण सही होस् भन्ने चाहन्छन्, तर दिनहुँ पाइने नयाँ–नयाँ सुझावका कारण उनीहरूको मनमा अभिभावकत्वलाई लिएर द्विधा उत्पन्न हुन थाल्छ । यस्तो अवस्थामा यदि तपाईंलाई आफ्नै अभिभावकत्व बारे शङ्का छ भने तपाईंले भारतकी चर्चित लेखिका तथा समाजसेवी सुधा मूर्तिको सुझाव अवश्य पढ्नुहोस् । ‘हाऊ आई टट माई ग्रान्डमदर टु रिड एन्ड अदर्स स्टोरिज’ किताबमा सुधा मूर्तिले जीवनसँग सम्बन्धित थुप्रै अनुभव साझा गरेकी छिन् । उनले यसमा बालबालिकाको सही लालन पालनको तरिकाबारे पनि जानकारी दिएकी छिन् । उनको हरेक किताबमा बालबालिकाको लालन पालनमा टेवा पुर्‍याउने कुरा पक्कै पनि पाइन्छ । उनले दिएको सुझावलाई तपाईंले सहजै आफ्नो जीवनमा अपनाएर बालबालिकालाई उत्कृष्ट जीवन दिन सक्नुहुन्छ । साथै, बच्चासँगको आफ्नो जीवनलाई पनि उत्कृष्ट बनाउन सक्नुहुन्छ ।

बच्चाहरूलाई यसरी हुर्काउनुहोस्

उदाहरण पेस गर्नुहोस्

बच्चाले हेरेर सिक्छन्, त्यसैले आफू दयालु, इमानदार र सम्मानजनक हुनुहोस् र सकारात्मक रोल मोडेल बन्ने प्रयास गर्नुहोस् ।

पढ्न र सिक्न उत्प्रेरित गर्नुहोस्

बालबालिकाको राम्रो विकासका लागि पुस्तकहरू धेरै महत्त्वपूर्ण हुन्छन्, त्यसैले उनीहरूलाई बाल्यकालदेखि नै बौद्धिक छलफलमा संलग्न गराउनुहोस् । पढ्न र जीवन भरी सिकिरहन उत्प्रेरित गर्नुहोस् ।

सहानुभूति र करुणा सिकाउनुहोस्

आफ्ना छोराछोरीलाई अरूप्रति स्नेह, सहानुभूति र करुणा सिकाउनुहोस् । उनीहरूलाई आफ्नो स्वेच्छाले र कुनै सामाजिक मुद्दामा चर्चा गर्न र भोलेन्टियर गर्नका लागि प्रेरित गर्नुहोस् ।

सरलता र विनम्रताको महत्त्व

देखावटी सम्बन्धबाट बच्चालाई जोगाउनुहोस् र अनुभव सेयर गर्दै आफ्नो बच्चालाई सरलता, विनम्रताको महत्त्व बताउनुहोस् ।

जिम्मेवारीलाई प्रोत्साहन गर्नुहोस्

बालबालिकालाई उमेरको हिसाबले जिम्मेवारीबारे जानकारी दिनुहोस् । उनीहरूलाई निर्णय लिन प्रोत्साहित गर्नुहोस् । यसले उनीहरूलाई आत्मनिर्भर र उत्तरदायित्वको भावना विकसित हुनेछ ।

प्रशंसा गर्न सिकाउनुहोस्

बच्चालाई जीवनको स–सानो कुराको प्रशंसा गर्न सिकाउनुहोस् । उनीहरूसँग जे जति कुरा छ, त्यसका लागि आभार व्यक्त गर्न सिकाउनुहोस् । यसले उनीहरुलाई सकारात्मक दृष्टिकोण र विनम्रता विकसित गर्न मद्दत मिल्नेछ ।


प्रकाशित : २०८० जेष्ठ २५, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप