लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रचण्ड–बाबुरामविरुद्धको मुद्दामा कारण देखाउ आदेश

सर्वोच्च अदालतले तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड तथा नेता बाबुराम भट्टराईलगायतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो ।

न्यायाधीश न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले प्रारम्भिक सुनुवाइपछि माओवादी सशस्त्र युद्धमा भाग लिएका र पछि अनमिनको प्रमाणीकरणमा अयोग्य ठहर भएकाहरुका विषयमा उचित निर्णय नगर्नुका कारण पेस गर्न आदेश दिएको हो । यस्तै प्रारम्भिक सुनुवाइपछि मुद्दालाई अग्राधिकार दिने पनि आदेश भएको छ । तत्कालीन नेकपा माओवादी नेतृत्वमा भएको १० वर्षे सशस्त्र द्वन्द्वमा भाग लिएका बालसेनालाई संयुक्त राष्ट्रसंघीय मिसन अनमिनले ‘अयोग्य लडाकु’ ठहर गरेपछि बाहिर निकालिएको थियो । त्यसरी निकालिएपछि अपमान गरिएको भन्दै तत्कालीन अयोग्य ठहर भएका लडाकु लेलिन विष्टसहितले दायर गरेको मुद्दामा मंगलबार प्रारम्भिक सुनुवाइ हो ।

अयोग्य लडाकु भनेर बिदा गरिएकामध्येका विष्टसहितले प्रधानमन्त्री प्रचण्ड र पूर्व प्रधानमन्त्री डा. भट्टराईसहितलाई विपक्ष बनाएर आइतबार सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए । पूर्व बालसेना तथा बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष विष्ट, बहिर्गमित जनमुक्ति सेनाकै संस्थापक कृष्णप्रसाद दंगाललगायतले तत्कालीन ‘जनयुद्ध’ का सुप्रिमो प्रचण्ड, डा. भट्टराई र त्यसका अतिरिक्त गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोगलगायतलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेका हुन् ।

विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म न्याय नपाएको, बाल सेनाको पहिचान समेत नभएकाले पहिचान दिएर परिपूरण क्षतिपूर्तिको माग गरेका छन् । विष्टसहितको मुद्दा जेठ १६ गते नै दर्ताका लागि सर्वोच्च लगिए पनि सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको थियो । दरपीठविरुद्धको निवेदनमा यही २६ जेटमा न्यायाधीश डा। आनन्दमोहन भट्टराईको इजलासले दरपीठ खारेज गर्दै मुद्दा दर्ता गर्न आदेश गरेका थियो । त्यही आदेशका आधारमा २८ गते दर्ता भएको मुद्दाको मंगलबार प्रारम्भिक सुनुवाइ भएको हो ।


प्रकाशित : २०८० जेष्ठ ३०, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप