लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कोशी प्रदेशमा नयाँ सरकार गठन गर्ने कसरत जारी

विराटनगर । कोशी प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरुले केन्द्रीयस्तरमा छलफल जारी राखेका छन् । यद्यपि निष्कर्ष भने निस्किएको छैन । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका प्रदेशस्तरका नेताहरु काठमाडौं पुगेका छन् । शीर्ष नेताहरुसँगको छलफलका लागि उनीहरु काठमाडौं गएका हुन् ।

सर्वोच्च अदालतले गत ११ गते संवैधानिक प्रक्रिया अनुसार गठन नभएको भन्दै नेपाली कांग्रेसका उद्धव थापा नेतृत्वको सरकारलाई २२ दिनमै बर्खास्त गरिदिएको थियो । थापा नेतृत्वको सरकार गत असार २१ गते गठन भएको थियो ।

सर्वोच्चको आदेशपछि कोशीका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठन गर्न साउन १६ गतेसम्मको समय दिएका छन् । संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकार गठन गर्न उनले समय दिएका हुन् । सर्वोच्चको आदेशमा साउन १७ गतेसम्ममा सरकार गठन गरिसक्न समयसीमा दिइएको छ ।

कोशी प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक पर्दछ । कांग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनसँग सभामुख बाहेक ४६ मत छ । सभामुखले राजीनामा दिएको अवस्थामा भने गठबन्धनसँग बहुमत सांसद (४७ जना) हुनेछन् । त्यसैले सभामुखलाई राजीनामा गराउन गठबन्धन दलहरु छलफलमा छन् ।

गठबन्धन दललाई राप्रपाले साथ दिए सहज ढङ्गले सरकार बन्न सक्छ । तर, केन्द्रीयस्तरमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग भएको छलफल सकारात्मक नदेखिएको बताइएको छ । लिङ्देनले संघीय सरकारसहित ७ वटै प्रदेशका सरकारमा सहभागी बन्ने वातावरण निर्माण गर्न आग्रह गरेको बताइएको छ ।


प्रकाशित : २०८० श्रावण १४, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप