लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

संसद हामीले होइन सरकारले रोकेको हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद आफूहरूले नभइ सरकारले रोकेको आरोप लगाएका छन्।

आफूहरूले सुनकाण्डबारे बोल्न पाउनुपर्ने माग गर्दा सरकारले बोल्न नदिनका लागि संसद रोकेको ओलीको भनाइ छ। तुल्सीलाल अमात्य स्मृति दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा बोल्दै ओलीले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको मात्रै कुरा सुनेर आफूहरू नबस्ने बताए।

‘हामीले गृहमन्त्रीले बोलिदिनुस् सदन खोलिदिन्छौ भनेको होइन। सांसदहरुले बोल्न पाउनुपर्छ भनेका हौं। तर सरकारले सांसदले बोल्छन् भनेर सभामुखलाई दबाब दिएर सूचना टाँसेर संसद रोकेको हो।’ ओलीले भने, ‘सरकारले बालुवाटारको सहमति संसदमा पुग्दा केपी ओलीले छाड्यो भनेर कुप्रचार गर्‍यो।’

सुन तस्करी प्रकरणमा सरकार आफैं संलग्न रहेकाले आफूहरूले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेको ओलीले बताए।

‘तपाईंहरुले गरिरहेको छानबिन गर्नुस् । तर उहाँहरू आफैं मुछिनुभएकाले निष्पक्ष छानबिनका लागि हामीले उच्चस्तरीय समिति बनाऔँ भनेका हौं’, ओलीले भने, सर्वसाधारणको एउटा सिक्री समात्ने सरकारले दिनकै क्विन्टलका क्विन्टल सुन तस्करलाई पठाइरहेको छ। त्यत्रो सुन नदेख्ने भए त्यहाँ भन्सार किन राख्या ? जनतालाई मात्र दुःख दिन राखेको ?’

सुन तस्करी प्रकरणमा कांग्रेस चुइँक्क बोल्न नसकेको भन्दै उनले भने, ‘देवाजी के छ विचार?’

उनले आफूहरुबाहेक अरू कसैले पनि देश चलाउन नसक्ने भन्दै मिसन ०८४ मा लाग्न कार्यकर्तालाई आग्रह गरे।


प्रकाशित : २०८० श्रावण १७, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप