लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

पूरै अँध्यारोमा पनि रंगीन भिडिओ खिच्ने क्यानन क्यामेरा सार्वजनिक, मूल्य ३३ लाख

चर्चित क्यामेरा ब्रान्ड क्याननले हालै ‘एमएस- ५००’ (MS-500) माेडेलकाे नयाँ क्यामेरा सार्वजनिक गरेकाे छ । अल्ट्रा हाई सेन्सिटिभिटी क्यामेराका रूपमा यसमा सिङ्गल फोटोन एभालेन्स डायोड (SPAD) सेन्सर समावेश गरिएकाे छ, जसले पूर्ण अँध्यारोको समयमा पनि रङ्गीन भिडिओ खिच्ने बताइएको छ ।

क्यामेरामा प्रयोग गरिएको उक्त सेन्सर १ इन्च र ३.२ मेगापिक्सेलको रहेको छ । यसले गर्दा प्रकाशको अवस्थामा ०.००१ लक्स (lux – प्रकाशको एकाइ) हुँदा पनि क्यामेराले स्तरीय फोटो तथा भिडि‌ओ खिच्नसक्ने कम्पनीकाे दाबी छ ।

कम्पनीले क्यामेरामा आफ्नै अर्को क्यामेरा बी फोर (B4)को माउन्ट (industry-standard B4 bayonet lens mount) प्रयोग गरेको छ । यस क्यामेरामा ब्रोडकास्ट जुम लेन्सहरू पनि प्रयोग गर्न सकिने छ ।

कम्पनीका अनुसार अधिक सुरक्षा चाहिने ठाउँहरूका लागि याे माेडेल उपयुक्त छ । समुद्री तट, सार्वजनिक भवन, अन्तर्राष्ट्रिय सीमातिर याे क्यामेरा बढी उपयोगी हुने जनाइएको छ ।

त्यस्तै क्याननकै अल्ट्रा टेलिफोटो ब्राेडकास्ट लेन्स प्रयोग गरेर यस क्यामेराले रातको समयमा केही माइल परको भिडिओ पनि गुणस्तरीय खिच्न सक्ने कम्पनीले उल्लेख गरेकाे छ । यसरी निकै टाढाको वस्तुको फोटो तथा भिडिओ खिच्दा गुणस्तरीय बनाउन विशेष खालको पिक्चर प्रोफाइल प्रयोग गरिएको क्याननले उल्लेख गरेको छ ।

“क्यामेरामा फोटो काउन्टिङ भनिने प्रविधि प्रयोग गरिएको छ । यसले पिक्सेलमा प्रवेश गर्ने प्रकाशलाई ट्र्याक गर्छ, साथै तिनीहरूलाई एक मिलियन पटक म्याग्निफाइज गरी डिजिटल सिग्नलमा रुपान्तरण गर्छ,” कम्पनीले क्यामेराबारे भनेको छ, “यस प्रविधिले प्रत्येक फोटोनको गणना गर्छ । त्यसले गर्दा फोटो तथा भिडिओमा देखिने कुनै पनि प्रकारको ‘नोइज’ हट्छ ।”

यो क्यामेरा २०२३ को सेप्टेम्बरदेखि बजारमा उपलब्ध हुने तालिका छ, जसको अन्तर्राष्ट्रिय बजार मूल्य २५ हजार २०० अमेरिकी डलर (३३ लाख रुपैयाँ बढी) हुने बताइएको छ ।


प्रकाशित : २०८० श्रावण २०, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप