लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

विश्व फोटोग्राफी दिवसमा भक्तपुरमा फोटो वाक तथा प्रतियोगिता

भक्तपुर– काठमाडौं फोटोग्राफर संघले १८४ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा शनिवार भक्तपुर दरवार स्क्वायर परिसरमा फोटो वाक तथा फोटो प्रतियोगिता कार्यक्रम आयोजना गरेको छ ।

फोटो वाक नेपाल तथा किपाग्राफी भक्तपुरको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौ फोटोग्राफर संघका सल्लाहकार रत्न मान आँशूले विश्व फोटोग्राफी दिवसको बारेमा उपस्थित फोटोग्राफरहरुलाई प्रकाश पारेका थिए ।

अध्यक्ष डिगम्बर राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा फोटोवाक नेपालका ओम यादबले फोटो प्रतियोगिताको विधाको विषयमा प्रकाश पारेका थिए ।

शनिवार सञ्चालित फोटो प्रतियोगिताको नतिजा भने संघको गदौ ३० गते आयोजना हुने १५ औँ वार्षिक साधारण सभामा प्रकाशित गर्ने संघका सह–सचिव रेशम राज पण्डितले जानकारी दिएका छन् ।

सानुकाजि महर्जनको संयोजकत्वमा आयोजित कार्यक्रमलाई संघका सचिव हरिप्रसाद घिमिरेले सञ्चालन गरेका थिए ।


प्रकाशित : २०८० भाद्र २, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप