लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

राष्ट्रपति र प्रधानमन्त्रीले टारे धीरेन्द्र शास्त्रीसँगको भेट

काठमाडौं । भारतस्थित बागेश्वर धामका आचार्य धीरेन्द्रकृष्ण शास्त्री नवलपरासीको शाश्वतधाम पुगेका छन् । आइतबार त्यहाँ हनुमन्थ कथा बाचन कार्यक्रम सुरु भएको छ, जुन सोमबारसम्म चल्ने छ ।

चौधरी ग्रुपका बरुण चौधरीको निमन्त्रणमा शुक्रबार काठमाडौं आइपुगेका शास्त्रीलाई शनिबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेट गराउने तयारी थियो । तर दुबैसँग भेट हुन सकेन । स्रोतका अनुसार प्रधानमन्त्रीसँग शनिबार विहान समय मागिएको थियो । तर निजी सचिवालयले माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड शनिबार रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय, पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा पुगेका थिए । प्रधानमन्त्रीका स्वकीय रमेश मल्लले पनि कार्यव्यस्तताको कारण भेट हुन नसकेको जानकारी दिए ।

शास्त्रीलाई शनिबार नै राष्ट्रपति रामचन्द्र पौडेल पनि भेट गराउने प्रयास भएको थियो । तर राष्ट्रपति पौडेललाई सञ्चो नभएकाले कुनै पनि भेटघाटका कार्यक्रम नराखेको शीतल निवास स्रोतले बताएको छ ।

२७ वर्षका धीरेन्द्रकृष्ण शास्त्री भारतमा विवादित छन् । उनीमाथि अन्धविश्वास तथा धार्मिक विद्वेष फैलाउने गरेको आरोप लाग्दै आएको छ ।

शनिबार काठमाडौं आएका उनले पशुपतिनाथ दर्शन गर्नुका साथै सवा करोड दीप प्रज्वलनमा सहभागी भएका थिए ।

उनी काठमाडौं आएपछि शुक्रबार काठमाडौंमा एक प्रवचन कार्यक्रममा सहभागी भएका थिए । उक्त कार्यक्रममा चलचित्र क्षेत्रका कलाकारहरु सहभागी थिए ।


प्रकाशित : २०८० भाद्र २, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप