काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीका बुबाको निधन भएको छ ।
वीर अस्पतालमा उपचार गराइरहेका मन्त्री किरातीका बुबाको आज विहान निधन भएको माओवादी केन्द्रीय सदस्य सूर्य सुवेदीले जानकारी दिएका छन् ।
बुबाको निधनपछि मन्त्री किरातीले आफू पूर्ण रूपमा टुहुरो भए पनि कर्तव्यबाट टुहुरो बन्न नमिल्ने बताएका छन् । उनले आफ्नो बाँकी जीवन देशवासीहरूको सेवामा लगाउने बताएका छन् ।
उनले फेसबुकमा भनेका छन्, ‘भरखरै बुबाले धोका दिनुभयो ! आमाले त हामीलाई पहिला नै धोका दिएर जानुभयो ! उप्रान्त बुवा आमा त रहनु भएन रह्यो त केवल खिची छोडेको तस्बिर आँखामा । पितृत्व र मातृत्व छाती भित्र । आज बाट हामी पूर्ण रूपमा टुहुरो भयौँ तर कर्तव्य बाट टुहुरो बन्न मिल्दै मिल्दैन साह्रा नेपाली मेरो आमा बुवा हुन बाँकी जीवन उहाँहरूको सेवामा लगाउने छु । निःशब्द छु तर भन्न बाध्य छु बुवा हार्दिक श्रद्धाञ्जली !’


समाचार


