लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एमसीसी कार्यान्वयन हुने दिन पाँच कम्युनिष्ट पार्टीले देशव्यापी प्रदर्शन गर्ने

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) कार्यान्वयन हुने दिन बुधबार (भदौ १३ गते) देशव्यापी विरोध प्रदर्शन गर्ने भएका छन्।

नेपाल कम्युनिष्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले संयुक्त रुपमा तथा राष्ट्रिय जनमोर्चाले बेग्लै विरोध प्रदर्शन गर्न लागेका हुन्।

चार वटा वामपन्थी दलले एमसीसी खारेजीको माग गर्दै देशव्यापी संयुक्त विरोध प्रदर्शन गर्ने विज्ञप्तिमार्फत जनाएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्य किरण, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कटेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव आहुतीले आज एक संयुक्त विज्ञप्ती जारी गरी एमसीसी खारेजीको माग गरेका छन्।

ती दलले भोलि भाद्र १३ गते देशब्यापी संयुक्त विरोध प्रदर्शन गर्ने जानकारी दिँदै काठमाडौं उपत्यकामा माइतीघर मण्डलाबाट दिउँसो ३ बजे संयुक्त विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको विज्ञप्तिमा उल्लेख छ।

यता, एमसीसीको सुरुदेखि नै विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चाले भोलि देशैभर विरोध सभाको आयोजना गरेको जनाएको छ। राजमो केन्द्रीय कार्यालयले दिएको जानकारी अनुसार जिल्ला सदरमुकाम लगायत मुख्य मुख्य स्थानमा प्रदर्शन गर्ने कार्यक्रम छ।

काठमाडौंमा दिउँसो तीन बजे शान्तिवाटिकामा आयोजना हुने विरोध सभालाई अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने कार्यक्रम छ।

पाँच वर्षे परियोजना एमसीसी भोलि भदौ १३ देखि कार्यान्वयनमा जाने भएको छ।

यसका लागि एमसीसीका उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा मंगलबार अपराह्न नेपाल आइपुगेका छन्।


प्रकाशित : २०८० भाद्र १२, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप