लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

चुच्चे नक्साप्रति सरकार दृढचुच्चे नक्साप्रति सरकार दृढ

परराष्ट्र मन्त्रालयले कालापानी, लिपुलेक, लिम्पियाधुरा समेटिएको राजनीतिक तथा प्रशासनिक नक्साप्रति नेपाल स्पष्ट र दृढ रहेको बताएको छ। मन्त्रालयले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै संसद्ले पारित गरेको चुच्चे नक्साप्रति सरकार स्पष्ट र दृढ रहेको बताएको हो।

चीनले सोमबार (अगस्ट २८) मा जारी गरेको नेपालको चुच्चे नक्सा नराखेका कारण मन्त्रालयले आफ्नो धारणा स्पष्ट गरेको हो। ‘नेपाल संसद्ले सर्वसम्मतिबाट २०२० मा पारित गरेको आफ्नो राजनीतिक तथा प्रशासनिक नक्साप्रति स्पष्ट र दृढ रहेको छ,’ विज्ञप्तिमा लेखिएको छ, ‘यो नक्सालाई हाम्रा छिमेकीका साथै अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने नेपाल सरकार स्पष्ट रूपमा विश्वास गर्छ।’ सीमा समस्यालाई संवाद र कूटनीतिका माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध रहेको समेत विज्ञप्तिमा उल्लेख छ।


प्रकाशित : २०८० भाद्र १६, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप